धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आशिका तामाङ परिवर्तनको प्रतीकका रूपमा हेरिन थाल्नुभएको छ । मोबाइल, क्यामरा बोकेर सडकमा बेथिति खोज्दै
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संस्थागत लगानीकर्तालाई आफ्नो लगानी दीर्घकालीन परियोजनामा विस्तार गर्न आग्रह गर्नुभएको छ । सरकारी स्वामित्वको नागरिक लगानी कोष स्थापनाको ३६ औँ वर्षमा प्रवेशका अवसरमा बुधबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि जलविद्युत्, व्यावसायिक कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा कोष जस्ता संस्थागत लगानीकर्ताले लगानी विस्तार गरी प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो ।
पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको करिब नौ अर्ब रुपियाँ लगानी रहेको पाइएको छ । बढ्दो सहरीकरणसँगै पुष्प व्यवसाय विस्तार भई आत्मनिर्भरतातर्फ गएको छ । तिहारका बेला सयपत्री माला आयात भए पनि अन्य सिजनमा भने पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर बनेको छ ।
लामो समय विवाद गुट र फुट झेल्दै आएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले यस पटक भने नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । राजधानीमा सम्पन्न एनआरएनए नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनले सङ्घको अध्यक्षमा डा. हेमराज शर्मा (युके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोविनप्रसाद शेरचन (जापान) चयन हुनुभएको छ ।
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अत्यन्तै सुस्त देखिएको छ । चालु आर्थिक वर्षको आठ महिना (फागुन मसान्त) सम्म बितिसक्दा पनि प्रदेश सरकारले कुल बजेटको एक चौथाइ रकमसमेत खर्चिन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
एक वर्षअगाडि ठाकुरबाबा नगरपालिका–८, भुड्कैयाका महिला छोराछोरी विद्यालय पठाएपछि मोबाइल चलाएर दिन बिताउँथे । अहिले दुनाटपरी उद्योग खोलेपछि दिनभर उद्योगमा व्यस्त हुने गरेका छन् ।
विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल) का सञ्चालक विजय बरालले गत वर्ष चार हजार पाँच सय रुपियाँ प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गर्नुभयो । आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल चार सय रुपियाँ प्रतिलिटरमा बिक्री भएको थियो ।
नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ । काउन्सिलको पूर्ण बैठकले गुप्तालाई छ महिनाका लागि कारबाही गरेको हो ।
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्दै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तत्काल उपलब्ध गराउने गरी सर्वोच्च अदालतका आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।
काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो ।
चैत्र कृष्ण औँसीका अवसरमा मनाइने घोडेजात्रा पर्व बुधबार काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी भव्य रूपमा सम्पन्न भयो । नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा विशेष समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उक्त समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत स्वदेशी र विदेशी पाहुनाको उल्लेख्य सहभागिता रहेको थियो ।
अमेरिकाले छिमेकी क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब क्युबाको सत्ता ढाल्न सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उहाँले महिनौँको इन्धन प्रतिबन्धले क्युबाको सत्ता चरम सङ्कटमा परेको बताउँदै क्युबाको सरकारविरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको हो ।