उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ । वर्षाैंदेखि हिलो र धुलोको सास्ती हुने गरेको गाईघाट बजार क्षेत्रको झन्डै १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् ।
कानुन निर्माण र जनताको आवाज उठाउने मूल थलो प्रदेश सभामा लुम्बिनी प्रदेशका केही प्रदेश सभा सदस्य भने लगातार तीन वर्षसम्म मौन बसेका छन् । तीन वर्षको समयमा यस प्रदेशका तीन जना प्रदेश सभा सदस्यले सदनमा एक पटक पनि नबोलेको तथ्य सार्वजनिक भएको छ । यी तिनै जना प्रदेश सभा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
नेकपा (एमाले) को ११ औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा प्रतिनिधि छनोट भइरहेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रदेशका सबै जिल्लामा सर्वसम्मत बनाउने प्रयास भए पनि सफल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भए पनि अधिकांश स्थानमा मतदानमार्फत छनोट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सेवा अब आइतबारदेखि पुनः पूर्ववत् कार्यालय समयमा सञ्चालन भएको छ ।
बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ ।
कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसी लामो समयदेखि घर नहुँदा कठिन परिस्थितिमा बस्नुपर्ने बाध्यता थियो ।
बजेट अभावमा एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं. १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं. २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको छ । उक्त खण्ड निर्माण सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नपाएपछि काम अलपत्र भएको थियो ।
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका लोक्पाथाङाको मनासलु पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका, मनासलु संरक्षण क्षेत्र, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागितामा लोक्पाथाङाबाट बाजेखोलासम्मको मनासलु पदमार्ग निर्माण समपन्न भएको हो ।
शैलुङ गाउँपालिकामा निर्माणाधीन शैलुङ मिनी ग्रेटवालप्रति पर्यटकको आकर्षण वढ्दै गएको छ । शैलुङडाँडामा फैलिएको ग्रेटवालमा हिँड्दै हिमाल र शैलुङको सौन्दर्य नियाल्न पर्यटक लोभिने गरेका छन् ।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा बलेवा खण्डले बल्ल गति लिएको छ ।
न्याय सेवा सर्वसुलभ, प्रभावकारी, भरपर्दो र छिटोछरितो बनाउन स्थानीय तहमा स्थापित न्यायिक समिति गठनको एक दशक बितिसक्दा पनि दर्जनौँ समस्याबाट गुज्रिरहेका छन् । कानुनी अस्पष्टता, जनशक्ति र साधनस्रोतको अभावले समितिको काम प्रभावकारी बनाउन चुनौती भइरहेको जनप्रतिनिधिको गुनासो छ ।
ऐतिहासिक भूमि सुस्ताका बासिन्दाहरूले नारायणी नदीको बढ्दो कटान र बहाव परिवर्तनका कारण आफ्नो बस्ती बचाउनका लागि सरकारसँग तत्काल तटबन्ध निर्माण गर्न हारगुहार गरेका छन् ।