बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।
पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदै समूह बी बाट सुपर सिक्समा स्थान बनाएको हो ।
पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति प्राप्त निजी हातहतियार बुझाउन आग्रह गरेको छ ।
अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेन्डस इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ ।
पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रीका लागि प्रतिवन्ध लगाइएको सिक्किम मदिरासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हातहतियार बुझाउन अनुरोध गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ ।
काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ ।
तनहुँमा उम्मेदवारी दर्ताका क्रममा मुख्य राजनीतिक दलका साथै साना दल र स्वतन्त्र उम्मेदवारको उत्साह देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ३ सिराडीका रणबहादुर बोहराले टमाटर खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी भएको छ । “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा” भन्ने नारासहित आयोजित मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि बाली र पशु उपजका ५९ प्रकारका उत्पादनको प्रदर्शनी गरिएको थियो ।