रौतहटमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम गौरमा रहेको साविकको करदाता सेवा कार्यालयको भवनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।
प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्न उहाँ यस क्षेत्रमा पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । गोठालापानी बजार नजिकै कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिनुभयो।
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् । पातनै नदेखिने गरी मज्जरले ढकमक्क ढाकिए पनि समयमा पानी नपर्दा उत्पादनमा असर पर्ने चिन्ताले आँप किसान निराश बनेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताउनुभएको छ ।
घोराही उपमहानगरपालिका वडा ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल खाने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ ।
भरुवा बन्दुकले गोली हानेर कैलालीमा एक पुरुषले आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा बालुवा उत्खननमा संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन् भने दुई वटा घाइते र दुई वटा बेपत्ता भएका छन्।