सुदूरपश्चिम प्रदेश सभाको ‘बाल अधिकारका लागि संसदीय मञ्च’ले पछिल्ला दिनमा बालिका तथा किशोरीमाथि भएका बलात्कार, हत्या र यौन शोषणका शृङ्खलाबद्ध घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अदालत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्याउँदै चैत १३ गते गरिन लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन रोक्न राखेपले एन्फालाई पुन: निर्देशन दिएको छ ।
तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ अन्तिम साता हुने भएको छ ।
जुम्लामा घर पोत्ने माटोको ढिस्कोमा पुरिएर एक महिलाले मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच बिहीबार महानगरको कार्यालयमा एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निःशुल्क दन्त उपहार शिविर सञ्चालन हुने भएको छ । विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क दन्त उपहार शिविर सञ्चालन गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ ।
रौतहटको गुजरा नगरपालिका-३, जङ्गलसहियामा रहेको पशुपति सामुदायिक वनमा बिहीबार आगलागी भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो ।
१०औँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिजश्चित कालका लागि स्थगित गरेको छ ।
हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । हुलाक सेवा विभागले बिहीबार नेपालगन्जमा आयोजना गरेको द्रुत डाँक सेवा (इएमएस)सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।