उपभोक्ता अदालत गठन भएको आठ महिनामा २८ वटा मुद्दा दर्ता भएकोमा १३ वटा फस्र्योट भएका छन् । जसमा पाँच वटा मुद्दाको फैसला, दुई वटा मुद्दामा मिलापत्र भएको छ भने छ वटा मुद्दा फिर्ता भएका छन् ।
मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।
नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको आर्थिक अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्थानीयको विरोधपछि निर्माण बन्द रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेंसी जलविद्युत आयोजनाको भविश्यबारे अन्योलता कायमै रहेको छ ।
बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइल खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
नेकपा (एमाले) ले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।
इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलवार बाढीपीडितलाई सहायता पुराउन तीव्र प्रयास गरेका छन् । चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाले आक्रमण गर्दा एक युवती घाइते हुनुभएको छ । बारबर्दिया नगरपालिका –४ जगतियाकी १८ वर्षीया अजिता थारू घाइते हुनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधनसहित अगाडि बढ्ने बताउनुभएको छ।
पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्नेगरी पुरस्कार स्थापना गरिएको हो ।
अस्ताउँदो सूर्यको किरणमा सुनजस्तै पहेँलो देखिएका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल । बेनी नगरपालिका ९ तोरीपानीबाट धवलागिरी,अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खलाको साँझपखको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री बनाउने नाममा सरकारी रकम हिनामिना गरिएको आरोपमा नौजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो।
सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह÷श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।