साहित्यकार तथा वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ नवजागृति पुस्तकालय बुटवलद्वारा स्थापित कविरत्न माधवप्रसाद देवकोटा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ । समालोचना तथा लुम्बिनी प्रदेशको नाट्य विधाको अन्वेषणमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई यो पुरस्कार प्रदान गरिएको पुस्तकालयले जनाएको छ ।
वालिङ नगरपालिकाले पहिलोपटक आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव–२०८२ आजदेखि सुरु हुँदैछ । “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि, हाम्रो चाहना” भन्ने नारासहित १९ गतेसम्म चल्ने महोत्सवका सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
अरुपण आर्ट ग्यालरीले छमहिने निःशुल्क आधारभूत कला प्रशिक्षणका लागि १५ जना विद्यार्थी छनोट गरेको छ । सो ग्यालरीले गैरीधारास्थित टङ्गाल माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने चित्रकलामा रुचि राख्ने १५ जना विद्यार्थीलाई छनोट गरी कला प्रशिक्षण दिन सुरु गरेकोे हो ।
सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ मा नेवा मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जित्नुभएको छ ।
चलचित्र ‘बिगुल’ को फस्र्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
धनकुटा नगरपालिका–२, चापेका कृषक अमृत रानामगरले आफ्नो बारीमा लगाएको किवी अहिले सबै मास्नुभएको छ । विसं २०७० देखि किवी खेती सुरु गर्नुभएका मगरले करिब पाँच रोपनी क्षेत्रफलमा किवी लगाउनुभएको थियो । विभिन्न रोगकिराले सताएपछि उहाँको बारीमा अहिले केही बोट मात्रै किवी छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
बाँकेको कोहलपुरस्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो (आँटा) भेटिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
आयोजना तथा कार्यक्रमका लागि निश्चित शीर्षक नतोकी बजेट राख्ने प्रवृत्ति अन्त्य गरिने भएको छ । भागबन्डा नगरिएको अर्थात् ‘अबन्डा’ भनिने त्यस किसिमको बजेट नराख्ने विषयमा तीन वटै तहका सरकार सहमत भएका हुन् ।
६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो ।