उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन गरिएको छ । भवनको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उद्घाटन गर्नुभएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ । यस्तै धनकुटाको सल्लेरी वनमा रहेको सरस्वतीको मन्दिरमा विहानैदेखी श्रद्धालु भक्तजनको पुजाका लागि भिड लागेको छ ।
सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ।
कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तिव्र पारिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खरखडाइ सङ्कलन गरिने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशिल रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला शुक्रबारदेखि सुरु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङस्थित पर्यटकीय स्थल अन्नपूर्ण आधार शिविरमा नेपाल टेलिकमको टावर र विद्युत लाइन विस्तारका लागि सर्वे गरिएको छ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ का लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने उल्लेख छ ।
आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताउनुभयो ।