लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
महोत्तरीको जलेश्वर कारागारमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि भागेका कैदीबन्दीमध्ये २७१ जना अझै पनि फरार छन् । फरार कैदी खोज्न कार्यदल गठन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पाल्पाको पश्चिम भेग जाने सडकको निर्माण सुरु भएको छ । पाल्पाको हार्थोक–छहरा सडकखण्डको झन्डै छ किलोमिटर सडक यस वर्षदेखि निर्माण सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले छ वर्षअघि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्म पुग्ने २९० किमी सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना अनुसार चार वर्षदेखि पाल्पाको पूर्वी भेगको रामपुर–आर्यभन्ज्याङ सडकखण्डमा काम भइरहेको छ ।
। बैतडीको सूर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँमै रोजगारीको सिर्जना गर्न ११ योजनामा उपभोक्ता समितिमार्फत काम गराउन थालेको छ । कालीगण्डकी गाउँपालिकाले बेलायत सरकारको आर्थिक सहायतामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत ११ योजना छनोट गरेको छ । ती योजना अधिकांश सिँचाइ र केही सडकसँग सम्बन्धित छन् ।
सप्तरीमा जङ्गली अर्ना काटेको आरोपमा सुरक्षाकर्मीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्या
संखुवासभा जिल्ला अस्पताललाई नर्सिङ ट्रस्ट यूकेले दुईवटा अत्याधुनिक इन्क्युबेटर उपलब्ध गराएको छ । समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने इन्क्युबेटर प्राप्त भएपछि अस्पतालको नवजात सेवा क्षमता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा देवी चालिसे २०७३ चैत ४ गते हाजिर हुनुभयो । हाजिर भएको पाँच महिनामा उहाँको २०७४ भदौ १२ गते सरुवा भयो । जिल्लाका ११ स्थानीय तहमध्ये एक मात्र महिला प्रमुख प्रशासकीय अधिकृतको समय अवधि नपुग्दै सरुवा हुनुले कार्यालय प्रमुखमा महिलालाई नपत्याउने समस्या भएको देखिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय मनाङद्वारा सञ्चालित स्वास्थ्य सेवा शाखाले नोभेम्बर २०२५ महिनाभरमा विभिन्न स्वास्थ्य सेवामार्फत २५५ जनालाई सेवा प्रदान गरेको छ ।
चालु आर्थिक वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभा गृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गत आर्थिक वर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो ।
गुल्मीमा खरले छाएको गोलो घर संरक्षण गर्ने योजना अधूरै रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका भित्र रहेको गोलो घरहरुलाई विगतका वर्षहरुदेखि नै संरक्षण गर्ने योजना भए पनि त्यसलाई कार्याान्वयन गर्नमा भने ढिलाइ भएको हो ।
रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।
१९ वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्न भनेर भारतको हिमाञ्चल प्रदेशको सिमला जानुभएका टीकापुर नगरपालिका–७, सोनाहाफाँटाका हरिबहादुर सुनार अझै फर्किनुभएको छैन ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पुरानो जलासयलाई ‘सुस्ता नमुना ताल’ को रूपमा विकसित गरेपछि त्यस क्षेत्रमा पर्यटकीय आकर्षण बढेको छ । पटेर लगायतका झाडीले भरिएको यो जलासयलाई गाउँपालिकाको अग्रसरतामा सरसफाइ गरी तालको स्वरुप दिएपछि अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको हो ।