एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा च्यासलले नयाँ बस्तीलाई ४–२ गोलले हरायो ।
बागलुङ नगरपालिका ४ कुँडुले फेदीस्थित रङ्गवैकटेश मन्दिर परिसरमा शालग्राम महोत्सव सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि बुधबार मागपत्र बुुझाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले रेशम चौधरी भर्खर थुनामुक्त भएको जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गरी सफल स्थापित हुनु पर्ने बताउनुभएको छ ।
सक्षम बालिका : समृद्ध मधेश मुलनाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।
आगामी जेठ २ देखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल लिएको छ ।
सर्वोच्च अदालतले रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । सह–रजिष्ट्रार अच्युत कुइकेलले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्साललाई बोधार्थ पठाउँदै रेशमलाई तत्काल रिहा गर्न बुधबार पत्र लेख्नुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।
इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ ।
आर्सनलको घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पिएसजी १–० गोलले विजयी भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गर्नु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।