तनहुँको देवघाट गाउँपालिका –५ पिपलटारस्थित भर्जन कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पानीको मुहान संरक्षणसँग जोडिएको यस मन्दिरलाई थप आकर्षक बनाउने उद्देश्यले बृहत्तर गुरुयोजना अघि बढाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
ढोरपाटन नगरपालिकामा दादुरा प्रकोप देखिएपछि नियन्त्रणका लागि स्वास्थ्य निकायले विशेष खोप अभियान सञ्चालन गरेको छ।
हरेक वर्ष उत्सवको रुपमा मनाइने नयाँ वर्षलाई यस वर्ष पनि पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष २०८३ मा महोत्वसको रुपमा मनाइने तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव लेकसाइडमा २९ चैतदेखि बैशाख १ गतेसम्म आयोजना गर्ने भएको हो ।
हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्षित गरी मर्मत तथा सुविधा थपमा ढिलाइ भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गर्नुभएको छ ।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको आज सय दिन पुगेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्धारित समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने भए पनि जनअपेक्षाअनुसारका काममा प्रगति भएको सरकारले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै मध्यपूर्वमा व्याप्त द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आग्रह गर्नु भएको छ ।
जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।
बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ ।
हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।
गजेन्द्र गुरुङखजुरा, चैत ६ गते । बाँकेको नेपालगन्जमा नयाँ होटल थपिएको छ ।नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा नयाँ दुईतारे होटल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवासुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत् रूपमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सञ्चालक ऋषिराम कँडेलले जानकारी दिनुभयो । करिब १५ करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भई शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्डअनुरूप यो होटल तयार गरिएको युवा उद्यमी एवम् सञ्चालक कँडेलले बताउनुभयो ।उहाँका अनुसार होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन्, जसमा विलासी अनुभवका लागि दुई वटा विशेष स्वीट रुम उपलब्ध छन् ।सबै कोठाहरूमा एसी र २४सै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाहरूको सहजताका लागि आठ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।पाहुनाहरूको सुविधालाई मध्यनजर गर्दै ईसेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।सभा÷सेमिनारका लागि होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका सञ्चालक कँडेलले जानकारी दिनुभयो । सवारीसाधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ ।नेपालगन्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै यहाँको आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पुर्याउने विश्वास लिएको होटलले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिन युक्त नुनको कोटा माग गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका का १९ वडामध्ये वडा नम्बर १५ ले नागरिकमैत्री सेवा सुरु गरेको छ।
यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।