नेपाली कांग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्य समेत नरहनेगरी कारवाहीको सिफारिस गरेको छ।
हिमाली जिल्ला हुम्लाका सातवटा गाउँपालिकाका ७१३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्ध खोप लगाइने भएको छ। खोप अभियान चैत्र १० गतेदेखि १५ गतेसम्म जिल्लाभरका ५२ वटा खोप केन्द्रमा सञ्चालन हुनेछ।
सल्यानको छायाँक्षेत्रको जङ्गलमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा आएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६, शंखमुल नजिक रहेको जङ्गलमा लागेको आगो जनप्रतिनिधि, प्रहरी, स्थानीय समुदाय र सामुदायिक वन समूहको सक्रियतामा नियन्त्रणमा लिइएको छ। छत्रेश्वरी–६ का वडा सदस्य सागर नेपालीले जानकारी दिनुभयो।
व्यापारीहरूले खेतबारीबाटै मकैका हरिया घोगा खरिद गर्न थालेपछि रौतहटका किसानको पहिलो प्राथमिकतामा मकै खेती परेको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा निर्माण भएका सडकले सहरको झल्को दिन थालेको छ । ग्रामीण क्षेत्रमा सहरको झल्को दिने चौडा र डिभाइडरसहितको सडक निर्माण भएपछि स्थनीयमा खुसी भएका छन् ।
जिल्ला सदरमुकाम सिमकोट बजारका लागि सुरु भएको रिङरोडको निर्माण कार्य रोकिएको छ । सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय जग्गाधनीको विरोधका कारण सुरु भएको रिङरोड निर्माण रोकिएको हो ।
जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट शाहीले १४ हजार १८६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शाहीको राजनीतिक यात्रा राप्रपाबाटै सुरु भएको हो । हाल उहाँ पार्टीका प्रवक्तासमेत हुनुहुन्छ ।
कुनै समय बन्दुक बोकेर देश परिवर्तनको अभियानमा होमिनुभएका सिन्धुपाल्चोकका युवराज दुलाल यतिबेला देशकै कानुन निर्माण गर्ने सङ्घीय संसद्मा पुग्नुभएको छ । त्यसो त
ठुला आयोजना निर्माण गर्दा वन बाधक बन्ने गरेको छ । निर्माण गरिएका नीति सङ्घमा निर्भर हुँदा स्थानीय तथा प्रदेश सरकारले निर्माण गर्ने अधिकांश विकासनिर्माणका काम रोकिने गरेका छन् ।
सर्लाही सदरमुकाम मलङ्गवामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–२, मा सिटीइभिटी प्राविधिक विद्यालय नजिक रहेको नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका–२, इनर्वा बस्ने २८ वर्षीय प्रेमकुमार यादवको मृत्यु भएको हो ।
म्याग्दीलाई हिमाली जिल्लाको रुपमा सूचीकृत गरिएको वर्षौँ बितिसक्दा पनि सोअनुसारका सेवा–सुविधा कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाहरुले सरकारसँग तत्काल प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका खाद्य सुरक्षामा अति कमजोर रहेको पाइएको छ । सडक, यातायात र आर्थिक अवस्थाको कमीले गर्दा सो पालिका खाद्य सुरक्षामा अति कमजोर रहेको पाइएको हो । खाद्य अधिकारका क्षेत्रमा काम गरेको जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले हालै सो पालिकाका सबै वडामा गरेको अध्ययनले कृषिभन्दा श्रममा आधारित बासिन्दा धेरै भएकाले खाद्य सुरक्षामा कमजोर रहेको पाइएको अवस्था सार्वजनिक गरेको छ ।
पारिवारिक राजनीतिक पृष्ठभूमिका ४० वर्षीय प्रमोदकुमार महतोले महोत्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेर इतिहास रच्नुभएको छ । अनुभवी नेताहरूलाई वि
रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा ७ बोरा मिठा (गुड) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लामो समय शिक्षण, कृषि उद्यम र सामाजिक सेवामा संलग्न खेमराज कोइराला अब सङ्घीय संसद्मा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । कोइराला राजनीतिमा नयाँ मानिनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ कुनै पनि दलको सक्रिय भूमिकामा हुनुहुन्थेन । कोइरालाको जन्म गौरीगङ्गा नगरपालिका–१, मङ्गलपुरमा २०३३ मा निम्नमध्यम वर्गीय परिवारमा भएको हो ।