• ६ चैत २०८२, शुक्रबार

भन्सार छलीका मिठासहित भारतीय नागरिक पक्राउ

blog

भन्सार छलीका मिठासहित पक्राउ परेका भारतीय नागरिक ।तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीण कुमार शर्मा
रौतहट, चैत ६ गते ।
रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा ७ बोरा मिठा (गुड) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बौधीमाई नगरपालिका–७, बंकुल स्थित भित्री सडकमा ना.६ प.८०२१ नं.को मोटरसाइकलमा भारतको विहार राज्य, मोतिहारी जिल्ला, ग्राम पंचायत बिजबनियाका २५ वर्षीय अर्जुनकुमार यादवलाई मिठासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बिष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।

यस्तै, जिल्लाका विभिन्न स्थानमा चेकजाँचको क्रममा आवश्यक कागजात नभएका सात थान मोटरसाइकललाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।

पक्राउ परेका मिठासहित आठ वटा मोटरसाइकलको मूल्यांकन १२ लाख ८७ हजार ४०० रुपैयाँ कायम गरी गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।