एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार चालु आवमा ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमार्फत जलवायु न्याय र जलवायु वित्त प्राप्तिका लागि निरन्तर पहल गर्ने प्रयासलाई विश्वव्यापी बनाउन लागेको प्रस्ट पार्नुभएको छ ।
सत्ता साझेदार राजनीतिक दलले अर्थतन्त्रलाई चलायमान बनाउने, ठुलै सुधार र रूपान्तरण हुने गरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
चौतारा साँगाचोकगडी नगरपालिका–१४, भिमटारस्थित माझी बस्ती लिलामीको जोखिममा परेको छ । माझी बस्तीमा भएको पुनर्निर्माणको ऋण तिर्न नसक्दा उक्त बस्ती लिलामीको जोखिममा परेको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङ गाउँका कृषक ङातर गुरूङको मंगलबार राति गोठमा रहेका पाँच च्याङ्ग्रा हिउँ चितुवाले मारेको छ ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो ।
नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच नौ बुँदे सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
मकवानपुरमा आफ्नै छारोले चलाएको भरुवा बन्दुकको छर्राले लागेर बाबु घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ स्थित अघोरका कान्छाराम थिङलाई निजकै छोरा ईमान सिंह थिङलले चलाएको बन्दुकको छर्राले लागेको हो।
गुल्मीको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नियमित रुपमा बालरोग विशेषज्ञ सेवा सुरु भएको छ। बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य गुल्मी अस्पतालमा आउनुभएसँगै उक्त सेवा नियमित रुपमा सुरु भएको हो।
गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
आर्थिक बर्ष २०८२–८३ का लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय तह) नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गर्दै गर्दा नेकपा (एमाले) ले प्रदेश र स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा ध्यान दिनुपर्ने विषयमा जनप्रतिनिधिलाई दिशानिर्देश गरेको छ ।
लामो सङ्घर्षको यात्राले गर्दा आज यो ठाउँसम्म आइपुग्न सफल भएको रावल बताउनुहुन्छ। २०४१ सालमा बाबा टोपबहादुर रावल र आमा लाटी रावलको माइली छोरीको रुपमा उहाँको जन्म भएको हो। उहाँ मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– ४ भामवडा गाउँमा जन्मनुभएको हो।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही वैशाख २०, २१ र २२ गते हुन लागेको नेकपा (एमाले) जिल्ला कार्य समिति धनुषाको ८ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।