नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
मुस्लिम समुदायको महान पर्व ईदको उपलक्ष्यमा बाँकेको नौबस्ता र नेपालगन्ज कारागारका कैदीबन्दीलाई मुस्लिम समाज बाँकेले नयाँ लुगा वितरण गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको छ ।
काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा सीमा पास लिने व्यक्तिको संख्या बढ्दै गएको छ। नाम्खा गाउँपालिका–५ को चार हजार ६७० मिटर उचाइको नारा लेकमा जमेको हिउँ सफा गरेर सडक सुचारु भएपछि हिल्सा नाकाबाट चीनको ताक्लाकोट जाने काम र व्यवसायका लागि स्थानीयले सीमा पास लिन थालेका हुन्।
बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ।
काठमाडौँ महानगरपालिकाभित्र बिहीबारदेखि शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको छ। परीक्षा सञ्चालनका लागि शिक्षा विभागले ५७ वटा केन्द्र तोकेको छ।
गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।
मोरङको उर्लाबारी–४ मा बक्राहाखोला किनारमा तीन वर्ष अघि निर्माण सुरु गरिएको बक्राहाघाट अझै पूरा भएको छैन। तीव्र शहरीकरण र जनघनत्व बढ्दै गएपछि उर्लाबारी नगरपालिकाले तीन वर्ष अघि पाँच महिनामा निर्माण सम्पन्न गर्ने योजना सहित घाट निर्माण सुरु गरेको थियो।
लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्पताल विकास समितिलाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ।
गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बजारदेखि भार्से चोकसम्मको सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरी संसद्को यात्रा सुरु गर्नुभयो ।
जिल्ला अस्पताल जाजरकोटमा तिन महिनादेखि अत्यावश्यक औषधी अभाव भएको छ । सरोकारवालाको लापरबाहीका कारण औषधी अभाव भएपछि उपचार गर्न गएका बिरामीले सास्ती पाउने गरेका छन् ।
नेपाली कांग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्य समेत नरहनेगरी कारवाहीको सिफारिस गरेको छ।
हिमाली जिल्ला हुम्लाका सातवटा गाउँपालिकाका ७१३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्ध खोप लगाइने भएको छ। खोप अभियान चैत्र १० गतेदेखि १५ गतेसम्म जिल्लाभरका ५२ वटा खोप केन्द्रमा सञ्चालन हुनेछ।