हलमा शुक्रबारदेखि तीन नयाँ चलचित्र ‘परिवर्तन’, हलिउडको ‘मर्सी’ र बलिउडको ‘बोर्डर–२’ प्रदर्शनमा आएका छन् । विजय केरुङ निर्देशित चलचित्र ‘परिवर्तन’ एक्सन–ड्रामामा आधारित छ ।
बाजुरामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्र स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका र गौमुल लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको छ ।
आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘बिगुल’ को प्रचार बुटवलबाट सुरु भएको छ । बुटवलमा एक कार्यक्रमबिच निर्माता दिनेश कोइराला, निर्देशक रामेश कोइराला र नायक नरेन खड्कासहितको टोलीले प्रचार सुरु गरेको हो ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व शुक्रबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरी मनाइएको छ । शुक्रबार देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भिड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई श्रीपञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।
आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले निर्वाचनसम्बन्धी आठ समिति गठन गरेको छ ।
नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेटभित्र (अन बजेट) र रातो किताबमा समावेश नभई खर्च हुने रकमलाई बजेटबाहिर (अफ बजेट) को खर्च मानिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका पानी आपूर्तिकर्ताले वितरण गर्ने पिउने पानीमा एमोनिया पाइएको र सरसफाइमा लापर्बाही भेटिएको जनाएको छ । विभागको टोलीले भक्तपुरस्थित श्रीकृष्ण बेभरेजले उत्पादन गरेर बजारमा पठाएको पानीको परीक्षण गर्दा एमोनिया पोजेटिभ भएको फेला परेको हो ।
बालमन्दिर तम्घास बजारको मुटुमा छ । बाल मन्दिर निकै पुरानो शैक्षिक संरचना हो । स्वच्छ, सुन्दर पारिवारीक वातावरणसँगै संस्कारको कारणनै बालमन्दिरमा बालकालिका भर्ना गर्नेहरुको आकर्षण बढ्दै गएको छ । प्लेग्रुप, नर्सरी र एलकेजीसम्म बालबालिका बालमन्दिरमा भर्ना गरिन्छ ।
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सारमा सुशासनको प्रत्याभूत हुने बताउनुभएको छ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट सङ्घ, काठमाडौँले शुक्रबार आयोजना गरेको राजस्व सुरक्षण र व्यापार सहजीकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, निजी क्षेत्र तथा भन्सार एजेन्टबिच साझेदारी विषयमा आयोजित अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्र आफ्नै सामथ्र्य बिर्सेर अलमलमा परेको सरोकारवालाले बताएका छन् । विराटनगरमा राष्ट्रिय व्यावसायिक पहल तथा उद्योग सङ्गठन मोरङले नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशीसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको बृहत् अन्तर्क्रियामा उनीहरूले यस्तो बताएका हुन् ।
स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीका २८ वर्षीय शोभाकान्त ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर प्रचारप्रसारमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर चुनावी मैदानमा होमिएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।