बाजुराको तोली देवलडाँडा मावि तोलीले कक्षा १० र १२ का विद्यार्थीलाई पूर्व तयारीसाथ विदाई गरेको छ । त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको तोलीदेवलडाँडा माविले दश कक्षाका विद्यार्थीको चैत १९ गतेमा एसईई र १२ कक्षाका विद्यार्थीको बैशाखमा परीक्षा हुने भएकाले उनीहरुलाई त्यो परीक्षामा सामेल हुनेगरी पूर्व तयारीका साथ विदाई गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो ।
उत्तरी नाम्खा गाउँपालिका लगायतका जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाका सम्बन्धमा केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।
कञ्चनपुरमा ७५ वर्षीय आमाहत्याका आरोपी गर्ने ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।
बाँकेको नौवस्ता बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि एडभोकेसी फोरम नेपालले खेलकुद सामग्री सहयोग उपलब्ध गराएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार बसाल्न आग्रह गर्नुभएको छ ।
बाँकेमा एक महिनाको समयावधिमा ११९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
गुल्मीको छापहिलेमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेकी ४४ वर्षीया बिमला सुनार मृत फेला पर्नुभएको हो ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । विहान ९ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिनको २ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
मोरङका दुई वटा स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका पन्छीहरूमा घातक मानिने ‘एच१एन१’ बर्डफ्लु भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भएको हो।
सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक इँटा उद्योगबाट २३ जना भारतीय कामदारलाई उद्धार गरिएको छ ।
राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शिताको अभावजस्ता समस्याले गिजोलिएको जिल्लाकै पुरानो विद्या मन्दिरलाई नमुना बनाउन अभियान थालिएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकामा लामखुट्टेको जोखिम बढेपछि नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।