बेमौसमी वर्षाका कारण दुई महिनामा डेढ अर्ब रुपियाँ बराबरको तरकारी बालीमा क्षति भएको छ । गत असोज र कात्तिक महिनामा आएको बैमौसमी वर्षाका कारण एक अर्ब ४९ करोड रुपियाँ बराबरको २२ हजार मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबर दुई खेल हुँदैछन् ।
यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले रथी श्रेष्ठलाई संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा बल अबेई (युनिस्फा) शान्ति मिसनको नयाँ फोर्स कमान्डरमा नियुक्त गरेको घोषणा गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री, राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा नै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ ।
सङ्घीय राजधानी काठमाडौँको एउटा चोक सुधार गर्न सरकारले करिब ३२ अर्ब रुपियाँ ऋण लिने भएको छ । राजधानीको कोटेश्वर चोक सुधार आयोजनाका लागि सरकारले ३१ अर्ब ७६ करोड रुपियाँ वैदेशिक ऋण लिने भएको हो । चोक सुधारका लागि नेपाललाई जापान सरकारले ऋण उपलब्ध गराउने भएको हो ।
प्रेस काउन्सिल नेपालले छ महिनापछि नेतृत्व पाएको छ । तत्कालीन अध्यक्ष बालकृष्ण बस्नेतको चारबर्से कार्यकाल गत जेठ २० गते सकिएपछि छ महिनापछि डा. कुमार शर्मा आचार्य नियुक्त हुनुभएको हो । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा मनोनय गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन तयारीका विषयमा छलफल गर्न बुधबार व्यवस्थापन समिति सचिवालयको बैठक च्यासलस्थित पार्टी कार्यालयमा बस्यो ।
नेपाली कांग्रेसले देशका सबै क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन थालेको छ । १५ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले पार्टीका क्षेत्रीय कार्यसमिति सभापतिमार्फत सबै वडा, पालिका र नगरसम्म क्रियाशील सदस्यता फाराम पठाउन थालेको हो ।
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाइसी) फर्म भर्नेहरू भिड बढेको छ ।
बर्दियामा विद्युत सर्ट हुँदा गुलरिया नगरपालिका वडा ५ बालापुरमा एक घरमा आगो लाग्दा जलेर क्षति पुगेको छ । खर र जस्ता पाताले छाएको लोकेन्द्रबहादुर चौधरीको कच्ची घरमा विद्युत सर्ट भएर आगो लाग्दा क्षति भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सातविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचार विरुद्धको कारबाही नरोकिने बताउनुभएको छ। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो।