सप्तरीको कञ्चनरुप नरपालिकाले नगरक्षेत्र भित्र ट्राफिक व्यवस्थापन गर्न ‘नो पार्किङ’ र टिपर, ट्रक सञ्चालनमा समयसीमा निर्धारण गरेको छ ।
भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् ।
नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेपछि ताप्लेजुङका उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन् ।
मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्रमा शुक्रबार भएको हिमपात । मुक्तिक्षेत्रमा आज दिउसो चार बजेदेखि हिमपात भएको हो ।
यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ ।
नागरिक समाज सम्बद्ध १० वटा पर्यवेक्षण संस्थाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष भएको निष्कर्ष निकालेका छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा –२९, सैनिक बस्तीबाट ठुलो परिमाणको प्रतिबन्धित लागु औषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेको छ ।
काठमाडौँमा आजदेखि ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा आजदेखि सुरु भएको कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।
बाहिरी जिल्लाबाट प्यूठान आयात हुने कुखुरा तथा अण्डामा रोक लगाइएको छ । जिल्ला स्तरीय बर्डफ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डाजन्य उत्पादनमा नियन्त्रण गर्ने निर्णय भएको हो ।
गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्।