गोरखामा आगामी प्रतिनिधी सभाको निर्बाचनलाई सहज र सुरक्षित रुपमा समपन्न गर्न ३ वटा मतदानस्थल थपिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउनुहुनेछ ।
अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौली खोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।
जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो ।
श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
पुर्खाले पहाड खोपर बनाएको गुफा आर्कषक पर्यटकीय गन्तब्य बनेपनि भित्र रहेका बहुमुल्य सामग्री राखिएका कोठा रित्तो भएपछि पर्यटन व्यवसायी समेत रहनुभएकी गुरूङसहित स्थानीयबासीको प्रयास सफल हुन सकेको छैन ।
सिन्धुलीमा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संस्थाले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बुधबार संयुक्त रुपमा मनाएको छ ।
युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।
बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ ।
अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई ३४ ओैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधबार राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस