साहित्यिक पत्रकार सङ्घ तथा मिलाप म्यागेजिनको संयुक्त आयोजनामा कविद्वय प्रा. पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’ को परिचर्चा गरियो । सो अवसरमा कविद्वयले आआफ्ना कवितासमेत वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राडा कुलप्रसाद कोइरालाले परिवारमा यस किसिमको साहित्यिक जागरण रहँदा नेपाली साहित्यको श्रीवृद्धिमा मलजल पुग्ने बताउनुभयो । उहाँले वंशवृक्षका बारेमा बोल्दै पिताको जीवाणु अंश छोराछोरीमा जानु स्वाभाविक भएको बताउँदै बाबुछोराको कुरा नभई सिर्जनशीलता निकै महत्वपूर्ण हुने बताउनुभयो ।
साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरञ्जनका लागि थप नयाँ आयाम थपिएको छ । फ्लाई नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक सुरु गरेको यस फ्लाई नेपालले पोखराको डिज्नील्यान्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो ।
अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) ले मुलुकको समृद्धिका लागि नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । कार्य समितिका नवनिर्वाचित उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले झन्डै दुई तिहाइ जनमतमार्फत बन्ने आगामी सरकारले राजनीतिक स्थायित्व कायम गर्न सफल हुने बताउँदै मुलुकको समृद्धिका लागि अब बन्ने सरकारसँग सहकार्य गर्न एनआरएनए तयार रहेको बताउनुभयो ।
बाँकेको नेपालगन्जमा नयाँ होटेल थपिएको छ । नेपालगन्जको धम्बोझीमा १५ करोड रुपियाँको लगानीमा नयाँ दुईतारे होटेल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गर्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
आगामी वर्ष २०८३ मा बैङ्क तथा वित्तीय संस्था ३५ दिन बिदा हुने भएका छन् । नेपाल राष्ट्र बैङ्क मानव संसाधन व्यवस्थापन विभागमार्फत जारी सूचना नयाँ वर्ष, श्रमिक दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, गाईजात्रा, कृष्ण जन्माष्टमी, हरितालिका तिज, संविधान दिवस, इन्द्रजात्रा, दसैँ, तिहार, छठ, ल्होसार, महाशिवरात्रि तथा फागुपूर्णिमा जस्ता प्रमुख चाडपर्वमा बैङ्क तथा वित्तीय संस्था बन्द हुने छन् ।
गुल्मीको मालिकामा चट्याङ लागेर छ जना घाइते भएका छन्। चट्याङबाट मालिका गाउँपालिका–२ दर्लिङका ३२ वर्षीया गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
विगतका वर्षमा खेतीको सिजन सुरु हुनासाथ रासायनिक मलको अभाव खेप्दै आएका कोशी प्रदेशका किसानले यस वर्ष भने राहत महसुस गरेका छन् । विशेष गरी हिउँदे मकै र चैते धानको सिजनमा यस पटक मलको अभाव भएको गुनासो सुनिएको छैन ।
केही दिनयता सिमेन्ट र डन्डीको मूल्य बढेको छ । यसले गर्दा निर्माण कार्य प्रभावित हुने देखिएको छ । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वको कारण देखाउँदै सिमेन्ट र डन्डीको मूल्य वृद्धि गरिएसँगै निर्माण कार्य पनि प्रभावित हुने देखिएको हो ।
पछिल्लो समय पश्चिम एसियाका विभिन्न मुलुकका ऊर्जा केन्द्रमा आक्रमण बढेकाले आसपासमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । पश्चिम एसियामा युद्धका कारण हालसम्म एक जना नेपालीको मृत्यु हुनुको साथै २० जना नेपाली घाइते भएका छन् । १९ जना नेपाली सामान्य उपचारपछि फर्किसकेका छन् भने एक जना उपचाररत छन् । शुक्रबार परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत हालसम्मको अवस्थाबारे जानकारी दिएको हो ।
नागरिक समाज सम्बद्ध पर्यवेक्षण संस्थाहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष भएको निष्कर्ष निकालेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छ महिनामा प्रशासन सुधार र सङ्घीयताका सवालमा सुधारात्मक कार्य गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । गत भदौ २७ गते चुनावी सरकारका रूपमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गत असोज ७ गतेदेखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समाल्नुभएका रामेश्वर खनालले यस अवधिमा अपेक्षाकृत कार्य सम्पन्न भएको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।