बाँकेमा गर्मीयाम सुरु भएपछि तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिम घटाउन तयार पारिएको प्रतिकार्य योजना स्वीकृत गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण लाइनको मर्मत र स्तरोन्नतिको कामका लागि बर्दीबास क्षेत्रमा शुक्रबारदेखि तीन दिन विद्युत आपूर्ति बन्द गरेको छ ।
लामो समयदेखि परेको खडेरीपछि भएको हिउँदे (बेमौसमी) वर्षाले बैतडीका किसानमा उत्साह थपिएको छ । समयमा वर्षा नहुँदा बाली सुक्ने चिन्तामा रहेका किसानले वर्षासँगै राहत महसुस गर्न थालेका छन् ।
तनहुँको घिरिङ गाउँपालिकाले कृष्ण मोटर मार्गको ठेक्का रद्द गरिदिएको छ । लामो समयदेखि कानुनी झमेलामा रुमल्लिएर अलपत्र बनेको सो मार्गको ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढेको हो ।
हिन्दु तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्ष्य गरी मर्मत तथा सुविधा थप्न ढिलाइ भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ मा अवस्थित मन्दिरमा पूर्वाधार थपका लागि मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुरातत्त्व विभागमा प्रस्ताव गरिएको लामो समय बितिसक्दासमेत अनुमति नदिइएकाले काम हुन नसकेको हो ।
यही चैत १९ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट नौ हजार दुई सय ६९ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा शुक्रबार बेलुका भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीसहित मधेश प्रदेशमा पाँच महिनापछि शुक्रबार साँझ मेघगर्जन र हावाहुरीसहित वर्षा भएको छ । यहाँ हावाहुरी र मेघगर्जनसहित गएको कात्तिकपछि बल्ल पानी परेको हो । यसअघि गएको सोमबार पनि मधेशका विभिन्न ठाउँमा हावाहुरीसहित सामान्य वर्षा भएको थियो ।
देउखुरीको विशाल राप्ती उपत्यकाको उत्तरतर्फ चुरे पहाड शृङ्खलामा अवस्थित देवीकोट प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य भए पनि पूर्वाधार अभावका कारण पछि परेको छ ।
जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्रले सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । शुक्रबार साँझपछि परेको वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।
बाजुरामा चुनाव सकिएसँगै अधिकांश गाउँबस्ती सुनसान बन्दै गएका छन् । निर्वाचनका बेला गाउँमा आएकाहरू पुनः कामको खोजीमा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती सुनसान बन्दै गएका हुन् ।