काठमाडौँ, वैशाख १५ गते । प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो ‘जीवन यो रहेसम्म’ सार्वजनिक भएको छ । डा. भण्डारीकै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गर्नुभएको हो ।
डा. भण्डारीको स्वरमा रहेको गीतको रचना र सङ्गीत संयोजन पनि डा. भण्डारीले गर्नुभएको छ । गीतको मिक्सिङ प्रदीप जोशीले गर्नुभएको हो । सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ । म्युजिक भिडियोको निर्देशन अनिल के मानन्धरले गर्नुभएको हो ।