बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–फित्र पर्वले सम्पूर्ण नागरिकमा नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
देशभर लहर आइरहँदा कर्णालीमा पछि परेको राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णालीमा खाता खोल्नुभएका उहाँले संसदीय यात्राको पहिलो अनुभवमै आफ्नो पुरानो दलका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्नुभयो । यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी बन्नुभएका रमेशकुमार सापकोटाले नेपाली कांग्रेसका नारायणकुमार कोइरालालाई १४ हजारभन्दा बढी मतले पराजित गर्नुभयो । उहाँले निर्वाचनमा ३० हजार ८३२ मत प्राप्त गर्नुभएको छ ।
ढोरपाटनमा हिमपात भएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले नागरिकले सरकार होइन, सरकारले नागरिक खोज्ने परिपाटी विकास गरिने बताउनुभएको छ । सरकारले नागरिकको अवस्था बुझ्न सके मात्रै मुलुकको आमूल परिवर्तन सम्भव हुने धारणा उहाँको छ ।
लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा एक सातादेखि उपचाररत बोल्न नसक्ने अपाङ्ग ४१ वर्षीया लिलादेवी साहको उपचारमा लहानका महिला मानवअधिकारकर्मीहरू जुटेका छन् ।
फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत पाएको छ । नेपालको निजी क्षेत्रले लामो समयदेखि कुनै राजनीतिक दलले बहुमत प्राप्त सरकार बनाओस् र लगानीकर्तालाई स्थिर नीतिमार्फत ल
नेपालले अबको सम्भवतः एकसाताभित्र प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहलाई पाउने छ । पहिलो पटक मतदानमा सहभागी युवादेखि ज्येष्ठ नागरिकसम्म सबैका लोकप्रिय ३५ वर्षीय बालेनलाई चुनावी प्रचारमै प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगाडि सारेको थियो । बालेनलाई रास्वपाले प्रतिनिधि सभाको संसदीय दलका नेता चुनेपछि उहाँ नेपालको प्र
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।
समकालीन समाजमा बढ्दो नैतिक सङ्कट, सामाजिक विघटन, मानसिक तनाव र मूल्य–सङ्कटले शिक्षा केवल बौद्धिक विकासमा सीमित भएको छ । त्यसैले परम जीवन तन्त्र र आध्यात्मिक चेतना जस्ता अवधारणा शिक्षा प्रणालीका ला
ताप्लेजुङ जिल्ला अदालतले ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो ।
कहिलेकाहीँ सूचना पनि नराम्रोसँग जानकारीबाट ओझेल पर्ने गर्छन् । धेरै मानिसले सामान्य मानिरहेको सूचना पनि आफूलाई अनौठो हुन पुग्छ । मैले यस्ता घटना जीवनमा धेरै भोगेको छु । कतिपय सामान्य लाग्ने कुरा पनि आफूले नजान्दा अरूले खिसी गरेका भनाइ पनि खाएको छु । यस्ता कुराले मलाई खासै असर भने पार्दैन । किनकि नजानिञ्जेल मूर्ख भइने हो, जानेपछि सामान्य भइन्छ ।
यही चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि यस वर्ष स्याङ्जामा तीनवटा परीक्षा केन्द्र घटाइएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा शुक्रबार ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी २०८२’ सुरु भएको छ । का
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
साहित्यिक पत्रकार सङ्घ तथा मिलाप म्यागेजिनको संयुक्त आयोजनामा कविद्वय प्रा. पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’ को परिचर्चा गरियो । सो अवसरमा कविद्वयले आआफ्ना कवितासमेत वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राडा कुलप्रसाद कोइरालाले परिवारमा यस किसिमको साहित्यिक जागरण रहँदा नेपाली साहित्यको श्रीवृद्धिमा मलजल पुग्ने बताउनुभयो । उहाँले वंशवृक्षका बारेमा बोल्दै पिताको जीवाणु अंश छोराछोरीमा जानु स्वाभाविक भएको बताउँदै बाबुछोराको कुरा नभई सिर्जनशीलता निकै महत्वपूर्ण हुने बताउनुभयो ।