राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्दैछ । टस हारेको विराटनगरले ब्याटिङको निम्तो पाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट राजीनामा दिनुभएको छ ।
धनुषाको जनकपुर–ढल्केवर ६ लेन सडक खण्डको तीन स्थानमा आकासे पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने बताउनुभएको छ ।
गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बिच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गाजा सहरमा घाइतेको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ ।
विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो ।
नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता प्रभावकारी भएको बताइएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् ।
तनहुँको ऋषिङ् गाउँपालिक-१, काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुछ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध हिमश्रृङ्खला ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित टिमुर गाउँको रुपमा परिचित तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य ।
बर्दियाको बारबर्दिया नगरपालिकाको दुई स्थानमा गरिएको पशुपंक्षी स्वास्थ्य शिविरमा तीन हजार दुईसय ७६ वटा पशुपंक्षीको उपचार गरिएको छ ।
घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ३–१ गोलले हरायो । बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।
युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् ।