प्रहरी प्रधान कार्यालयले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरीलाई पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी जवानदेखि प्रहरी अतिरिक्त महानिरीक्षकसम्मका कर्मचारीलाई नगदसहित पुरस्कार दिने निर्णय गर्नुभएको हो ।
नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाका २७४ जना सदस्यलाई शपथग्रहण गराउनुहुने भएको छ । उहाँ समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।
संवैधानिक व्यवस्था र प्रचलित निर्वाचन कानुनले प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा उम्मेदवारी दिँदा भूगोल र प्रादेशिक सन्तुलन ख्याल गर्नुपर्ने आधार तोकेको छ । तर राजनीतिक दलबाट बन्दसूची पेस र उम्मेदवार छनोटमा समेत भूगोल र प्रादेशिक असन्तुलनको ठुलो खाडल देखिने गरेको छ । संविधान र कानुनले गरेको बाध्यात्मक व्यवस्थामा पनि हरेकजसो निर्वाचनमा पुरानै प्रवृत्ति दोहोरिने गरेको छ । नयाँ तथा पुराना सबै दलले प्रादेशिक सन्तुलन र भूगोललाई उपेक्षा गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताउनुभएको छ।
सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।
नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘हार्मोनी अफ ड्रम्स स् जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
यहाँस्थित माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
मधेश प्रदेशमा पनि शुक्रबार साँझ हावाहुरीसहित वर्षा भएको छ ।
नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ।
शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते हुनुभएको हो ।
पछिल्लो मोरङको दुई पालिकामा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचालन गरेको जनाएको छ ।