गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्।
आर्थिक अभावका कारण शैक्षिक सामग्री खरिद गर्न नसकी बीचमै पढाइ छाड्न बाध्य हुने विद्यार्थीको विद्यालय छाड्ने दर कम गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ ।
वन क्षेत्रसँग सम्बन्धित चुनौतीहरू न्यूनीकरण गर्न डिभिजन वन कार्यालय रौतहट तिव्र रुपमा आफ्ना गतिविधि बढाएको छ ।
हावाहुरीसहित परेको असिना पानीले सल्यानमा तरकारी तथा अन्नबालीमा क्षति गरेको छ । विशेषगरी जिल्लाको कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेती, गहुँ र जौँमा शुक्रबार दिउँसो परेको असिना पानीले ठुलो क्षति गरेको किसानहरूले चिन्ता व्यक्त गरेका छन्।
गर्मी मौसममा झरनाको चिसो पानीमा नुहाउन तथा जमेको पानीमा डुबुल्की मार्ने स्थलको रूपमा परिचित धनकुटाको नमस्ते झरना अहिले भने प्राय सुनसान छ ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने फलेवास अर्मादी सडकको स्तरोन्नति कार्य सुरु भएको छ ।
नेपालगञ्जमा पत्रकारिताका आधारभूत सीपहरूबारे एक दिने कार्यशाला आयोजना गरिएको छ। समाचार स्टोरीको आइडिया कसरी बनाउने र स्रोतसम्म कसरी पुग्ने विषयमा केन्द्रित भएर कार्यशालामा जानकारी दिइएको छ ।
सल्यान जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको पाइएको छ ।
हावाहुरीसहित परेको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण कोहलपुर ग्रिडअन्तर्गत लमही सबस्टेशनमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।
जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरुले जोड दिनुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएको छ ।
पर्यटकीय क्षेत्र रारा घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाले जानकारी दिनुभयो।
अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ ।