हावाहुरीसहित परेको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण कोहलपुर ग्रिडअन्तर्गत लमही सबस्टेशनमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।
जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरुले जोड दिनुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएको छ ।
पर्यटकीय क्षेत्र रारा घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाले जानकारी दिनुभयो।
अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ ।
अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ ।
परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।
बाँकेको नौबस्ता बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ता(बालबन्दी)हरुले न्यायिक प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभएको छ ।