शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ (गलकोट) चैत ७ गते । ढोरपाटनमा हिमपात भएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो ।
अहिले पनि निरन्तर हिमपात भइरहेको कारण स्थानीयलाई हिडडुल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । शुक्रबार देखिनै मौसम बदिलीदै आएको थियो ।

