नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताउनुभएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।
बाजुराको दुर्गम गाउँका स्थानीय आफ्नो घरआँगनबाटै बस सेवा लिन पाउँदा निकै खुसी भएका छन् । बसको टिकट लिनकै लागि उनीहरू एक दिन पैदल हिँडेर सदरमुकाम मार्तडीमा आउने जाने गर्थे । अहिले यहाँका स्थानीय तहको पहल तथा समन्वयमा कोल्टीबाट बस चल्न सुरु भएसँगै घरआँगनमै बस चढ्ने गरेपछि उनीहरू खुसी भएका हुन् ।
मालिका गाउँपालिकाको आयोजनामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ पश्चिम म्याग्दीको दरवाङमा सुरु भएको छ ।
जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
कञ्चनपुरमा एकै पटक १३९ रुख काटेर गायब पारिएको छ । कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध रूपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने गृहकार्य सुरु भएको छ । यसअघि नेपालको गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वमै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
जन्म र मृत्यु शाश्वत सत्य भए पनि सुदूरपश्चिममा यही प्रक्रियालाई अपवित्र मान्ने चलन कायमै रहेको छ । महिनावारीलाई नानी छाउ, सुत्केरीलाई ठुली छाउ, मान्छेको मृत्यु भए मडेछाउ र शिल्पकार समुदायको जातीय छाउ मान्ने कुरीति कायमै छन् ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन् ।
देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् ।
भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै दुई वटा काँस्य पदक जित्न सफल हुनुभएको छ ।
बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ ।