नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका क्रममा तनहुँ क्षेत्र नम्बर १ मा उत्पन्न विवादका कारण स्थगित भएको मतगणना अन्ततः सहमतिमार्फत समाधान गरिएको छ ।
बेनीमा निर्माणधिन गलेश्वर–पुलाश्रम सडक योजनामा ठेकेदारले लापरबाही गरेको भेटिएको छ । बेनी नगरपालिका–९, काउलेगौडामा मापदण्डभन्दा कम चौडाईको कल्भर्टको पर्खाल निर्माण गरेको फेला परेपछि अनुगमन टोलीले भत्काइदिएको छ ।
हेटौँडा बजार क्षेत्रका बासिन्दा व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सडक डिभिजन हेटौँडाले मङ्सिर ५ गते हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीस
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले समाजलाई अपाङ्गमैत्री बनाउन सबैको समान दायित्व भएको बताउनुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्रकेन्द्रित सीमानाका अनुगमन गरेको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमको कमान्डमा नौ जनाको प्रहरी टोलीले नाकाको अनुगमन गरेको हो ।
बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सा गाउँका घर घरमा खानेपानीको धारा छ तर पानी भने आउँदैन । लिफ्टमार्फत एक घर एक धारा पुर्याएको भए पनि असार यता १३२ घरमा खानेपानी आउन नसकेको हो ।
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारलाई पश्चिम नलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले नगरभित्रका विभिन्न खोलाहरूमा तटबन्ध निर्माण गर्ने विस्तृत योजनाहरू माग गरेको छ ।
अत्यधिक चाप र बढी भार भएका सवारीसाधन थेग्न नसक्दा बिपी राजमार्गको विभिन्न स्थानमा खाडल पर्न थालेको छ । समयमा मर्मतसम्भार नहुँदा गत वर्षको
चिनियाँ सरकारको एक अर्ब रुपियाँ लगानीमा गोरखाको सहिद लखन गाउँपालिकाको सिञ्जाली माविको अत्याधुनिक भवन निर्माण भइरहेको छ । सो विद्यालय भवन निर्माण हुने भनी नेपाल सरकार र चीन सरकारबिच सम्झौता भएको थियो । विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण र शिक्षा क्षेत्रमा पहुँच तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ भवन निर्माणको काम भइरहेको सिञ्जाली माविका प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नवलपुरका होटेल प्लास्टिकको प्रयोग निरुत्साहित गर्ने काममा जुटेका छन् । कावासोती नगरपालिकामा रहेका केही होटेल तथा लज र होमस्टेले प्लास्टिकको प्रयोग गर्दैनन् । प्लास्टिकको विकल्पमा सिसा, फाइबर अनि परम्परागत रूपमा बाँस तथा खरबाट बनेका सामग्रीको प्रयोग गर्ने गरेका छन् ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले चितवनस्थित भरतपुर आँखा अस्पताललाई कागजविहीन बनाई डिजिटलाइजेसन गर्न सहयोग स्वरुप दस लाख रुपियाँ प्र्रदान गर्नुभएको छ ।
सरकारी अड्डा अदालत धाउँदाधाउँदै न्याय नपाएपछि रुपन्देहीको सिद्धार्थनगर–६ का सन्त मल्लाह र लालजित मल्लाह निराश बन्नुभएको छ । प्रमाण जुटाउँदै धाउँदै गर्दा पाँच वर्ष बितिसक्दा पनि सुनुवाइ नहुँदा उहाँहरूको भरोसा कमजोर हुँदै गएको छ । चप्पल च्यापेर, काँधमा झोला बोकेर कार्यालय धाउने उहाँहरूलाई न कर्मचारीले टेर्छन्, न गुनासो नै सुन्ने गर्छन् ।
बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थीले एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा