नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) र ‘ओरियन’ अन्तरिक्ष यान लाई पुनः प्रक्षेपण स्थलमा ल्याएको छ ।
बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ ।
दुर्गम हिमाली जिल्ला हुम्लाबाट एक गर्भवती महिलाको ज्यान बचाउन हवाइ उद्धार गरिएको छ । चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ्य अवस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुजको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बिचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ ।
धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गर्नुभएको छ ।
६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित महिला सशक्तीकरण परियोजनाको आयोजनामा बाँकेको नेपालगञ्जमा सो कार्यक्रम सम्पन्न भएको हो।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिबाङमा स्थानीय एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
कोशी प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्तान्तरण गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएसँगै स्थानीय स्तरमा बहस सुरु भएको छ ।
गुल्मीको रेसुङ्गा गौशाला क्षेत्रमा एक जना व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका–३, भाडगाउँका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
लगातारको वर्षाले चिप्लो बाटोमा गाडीहरु उक्लिन नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगन्ज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ ।
पानी परेपछि उर्लिएर आउने छल्दी खोला तर्न स्थानीयलाई ठूलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्खामा खोला पस्नुपर्ने बाध्यता थियो ।
पोखरामा शनिबार सातौँ एसिया कप ट्रायथलन र साउथ एसियन च्याम्पियनसिप भएको छ ।