चैते दशैंअन्तर्गत नवदुर्गा सुरु भएसँगै देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । चैते दशैं मेलाको अवसरमा मन्दिर परिसरमा चहलपहल पनि बढेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ । शनिबार दुनैमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा नौ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म नौ लाख २१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
१०० वर्ष अघिको गोर्खापत्र
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य नीतिगत समस्याले गर्दा प्रभावित भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रिइभेन्ट अन्तर्गत ‘छोटो चलचित्र उत्सव’ आयोजना गरिएको छ । कार्यक्रममा निफका अघिल्ला संस्करणमा पुरस्कृत छोटा चलचित्रहरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा स्थापित सरस्वती र गणेश मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा प्राडा विद्यानाथ कोइराला, सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला, ज्येष्ठ नागरिक अमन्तिनाथ कोइराला, विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कौशल कोइरालालगायतले विद्यालयमा स्थापित स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमाको सामूहिक रूपमा उद्घाटन गर्नुभएको थियो ।
पर्यटनको राजधानी पोखरामा पाँच वर्षपछि आयोजना गरिएको २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप वर्षाका कारण प्रभावित भएको छ ।
विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरवाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आइतबारका लागि तोकिएको छ ।
प्रमुख खाद्य बाली मानिने गहुँ खेतीको उत्पादन कोशी प्रदेशमा खुम्चिँदै गएको छ । तराईमा मकै र चैते धान तथा पहाडमा किवी, तरकारी र सुन्तलाजन्य बालीले गहुँबालीलाई प्रतिस्थापन गर्दा कोशी प्रदेशमा गहुँ खेती खुम्चिँदै गएको हो ।
व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) बहुदर प्रणाली हुनुपर्ने माग राखेका छन् । नेपाल व्यापार सङ्घको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ अधिवेशनमा करका दर घटाउनुपर्ने माग पनि व्यवसायीले गरेका हुन् ।
शुक्रबार र शनिबार परेको वर्षा र हावाहुरीका कारण देशभरका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । उत्पादनको अन्तिम चरणमा रहेका करोडौँ इँटा काम नलाग्ने बनेका छन् । उद्योगमा क्षति पुगेपछि यतिबेला उद्योगी समस्यामा परेका छन् । इँटा उद्योगको बिमा गर्ने नीति नभएर क्षति भएको अवस्थामा पनि भुक्तानी पाउने कुनै आधार नरहेको उनीहरूको गुनासो छ । बेमौसमी वर्षाले लुम्बिनी र मधेश प्रदेशका इँटा उद्योगमा ठुलो आर्थिक क्षति पु¥याएको छ । रुपन्देही, बाँके, कपिलवस्तु र दाङ जिल्लामा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गलेर नष्ट हुँदा उद्योगीले करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्नु परेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।