नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइने पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।
उपत्यकालगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले बिहीबार योमरी पुन्ही धुमधामसँग मनाउने भएको छ ।
लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ...’ बुधबार सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको सङ्गीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदीपकुमार राई (व्याकुल माइला),
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिमा भएका कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्नेमा जोड दिनुभएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२/३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
महेन्द्रनगरमा निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन बनेको छ । विसं २०७२ मा भीमदत्त नगरपालिकाले झन्डै एक करोड १० लाख रुपियाँको लागतमा महेन्द्रनगरस्थित सब्जीमन्डीमा निर्माण गरेको सो वधशाला व्यवसायमैत्री नहुँदा प्रयोगविहीन बनेको हो ।
मनाङ अहिले ‘घरबास गन्तव्य’ का रूपमा उभिँदै छ । पर्यटन पूर्वाधार सीमित भए पनि यहाँका गाउँघरमै सञ्चालन भइरहेका घरबासले पर्यटकलाई होटेलभन्दा फरक आत्मीय र मानवीय बसाइको अनुभव दिन थालेका छन् ।
दाङ देउखुरीका किसान गगनबहादुर कुमालले प्याजको बेर्ना बेचेर बिक्रीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । लमही नगरपालिका–४, सेमरहवाका गगनले विगत १२ वर्षदेखि प्याजको बेर्नाको व्यवसाय गर्दै आउनुभएको हो । उहाँले सिजनका महिनामा मासिक एक लाख रुपियाँसम्म आम्दानी हुने बताउनुभयो ।
उखु कृषकले अनुदान र उखुको समर्थन मूल्यको विषयलाई आन्दोलन तीव्र पारेपछि महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल र सर्लाहीको इन्दुशङ्कर चिनी मिल सञ्चालनमा ढिलाइ भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४४ रुपियाँ ६१ पैसा कायम भएको छ ।
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) घट्दो क्रममा रहेको छ । पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा विभिन्न देशबाट मुलुकमा भित्रिने वैदेशिक लगानी क्रमशः घट्दो अवस्थामा रहेको हो ।
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।
देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनुभएको छ ।
दसकयता बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटक घट्दै गएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालतर्फ जान छाडेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।