सुशासन र सदाचार कमजोर हुँदा ‘अटेरी अभियान’ चलाउनुभएका पोखरा महानगरपालिका–१४, मझेरीपाटनका बासिन्दा खड्कराज (गनेस) पौडेल जनप्रतिनिधि बन्नुभएको छ । यो अभियान चलाउँदाचलाउँदै अहिले देशको नीति निर्माण र सुशासन कायम गराउने ठाउँमा पुग्नुभएको छ ।
आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ ।
ट्याक्टर दुर्घटनामा परि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएका चालक नरेन्द्र सुनारको पोष्टमार्टम अहिलेसम्म हुन सकेको छैन।
पत्रकारिता र कलाकरिताबाटै आफ्नो जीवन धान्न सकिन्छ भन्ने विश्वास हरिप्रसाद भुसाललाई लाग्थ्यो । दुई दशकअघिसम्म आफ्नै जीवन असहज हुँदा उहाँले पत्रकारिता र कलाकारिता पेसालाई एकसाथ सुरु गर्नुभयो ।
लायन्स क्लव अफ फूलवारी लहानले नवराजपुर गाउँपालिका–१, करमनियाँमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट विपन्न समुदायले प्रत्यक्ष लाभ पाएका छन्।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकको स्तरोन्नति काम सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा फलेवास नगरपालिका–६, ढिकदेखि कुस्मा नगरपालिका अन्तर्गत अर्मादीसम्मको सडक स्तरोन्नतिको काम अघि बढाइएको हो । विगतमा विभिन्न कारणले रोकिँदै आएको उक्त सडक अहिले फेरि सञ्चालनमा पनि आएको छ ।
झापा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान उपसभामुख इन्दिरा रानामगरको जीवन कथा साधारण परिवेशबाट असाधारण यात्रासम्मको प्रेरणादायी उदाहरण बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
वाम आन्दोलन र सशस्त्र सङ्घर्षको लामो यात्राबाट राष्ट्रिय राजनीतिमा फरक पहिचान बनाएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव यस पटक पुनः प्रतिनिधि सभा
कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट गाउँपालिका–५ र ६ को मानसरोवर माध्यमिक विद्यालयदेखि लाग्नासम्मको सडक स्तरोन्नति कार्यले गति लिएको छ । सात वर्षपछि सडकछेउछाउका स्थानीय जग्गाधनीले सहमति दिएपछि हिल्सा–सिमकोट सडक योजनाले सो खण्डको स्तरोन्नतिसहित ग्राभेल गर्ने कार्य थालेको छ ।
शुक्रबार र शनिबार भएको वर्षाका कारण सप्तरीका इँटा व्यवसायीहरु मर्कामा परेका छन् । घाममा सुकाउन राखिएको इँटा पानिमा भिजेर गलेपछि इँटा व्यवसायीहरु मर्कामा परेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गर्न लागेको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको ऐन छिटो ल्याउन टीकापुरवासीले अनुरोध गरेका छन् । शुक्रबार टीकापुर नगरपालिकामा भएको सर्वदलीय, सर्वपक्षीय बैठकका सहभागीले यस्तो अनुरोध गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो भने सो वर्ष पाँच करोड रुपियाँ र चालु आवमा पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।
आवेदक नभेटिँदा विद्यालयमा शिक्षक अभाव
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
उद्योगी व्यापारीहरुको छाता संगठन जाजरकोट उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार मनोनयन दर्ता अवधिभित्र सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।