दुई वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुगुमा यस वर्ष बेमौसमी चैतमा भारी हिउँ परेको छ । गत शुक्रबार बिहानदेखि लगातार हिउँ परिरहेको छ । अक्सर मङ्सिरको अन्त्यतिर पर्नुपर्ने हिउँ चैतमा परेको हो ।
मगर समुदायको पहिचानसँग जोडिएको कौराहा नाचको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षण र संवर्धनका लागि तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना गरिने भएको छ ।
पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् ।
महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ ।
आइतबार बिहान ताप्लेजुङमा मौसम सफा भएको अर्थात खुलेको छ । शुक्रबार र शनिबार दुई दिन लगातारको रोकिएसँगै मौसम खुलेको हो ।
मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ ।
लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहेका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नियमित विद्यार्थी बर्सेनि घट्दै जान थालेका छन् । तथ्याङ्क अनुसार चार वर्षअघि नियमित परीक्षा दिने पाँच हजारभन्दा बढी विद्यार्थी हुन्थे भने यो वर्ष नियमित परीक्षा दिने विद्यार्थी सङ्ख्या घटेर तीन हजार ९२१ रहेको छ । बसाइँसराइ र बेरोजगारी जस्ता कारणले नियमित परीक्षा दिने विद्यार्थी घट्दै गएको पाइएको छ ।
यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई रदुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् ।
यहाँको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।
धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।
हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन ।