कागेश्वरी मनोहरा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि तत्काल २५ जना क्षमताको हेरचाह केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सञ्चालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा ३३ लाख पाँच हजार एकसय ५६ रुपियाँ ५७ पैसा नगद दान संकलन भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ।
“मेरो मुटुको टुक्रा के भयो आज यो ! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दशैं-तिहार चाडबाड कसरी मनाउँ, यो अभागी आमाको मन कसरी बुझाउँ ?”
रौतहटमा बुधबार भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । माधवनरायण नगरपालिका –३ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदैगरेको प्र २–०३–००१ ह १०७४ नम्बरको इ–रिक्सा र विपरित दिशाबाट आउदैगरेको बीआर ०६ जीजी ५४०४ नम्बरको पिकअप गाडी बुधवार दिउँसो एकआपसमा ठक्कर खाँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।
इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सीमा नाका खोली गाजाका बासिन्दालाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने बुधबार बताएको छ ।
फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरूमा भएको कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्ने बताउनुभएको छ ।
इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद व्यवस्थापन निकायले बुधबार जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन-रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुग्नुभएको छ ।
व्यास नगरपालिका–१३, बेनीकोटका किसानले यस वर्ष मात्र दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । पहाडी गाउँको बगैँचामा यस वर्ष उत्पादन राम्रो हुनु, बजार आफैँ बारीमै आइपुग्नु र किसानको मेहनत जोडिनु बेनीकोटको कृषि आय–स्रोत बढेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरुको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ।
अमेरिकी दूतसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् ।
बैतडीसँगै सुदूरपश्चिमको क्रिकेट खेललाई चलायमान बनाउन त्यो बेला दशरथ चन्द एकेडेमीको नेतृत्व गरेका चतुरबहादुर चन्द अहिले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय अध्यक्ष छन् ।