जिल्लाको सरुमारानी गाउँपालिका–६, पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मङ्सिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदैगरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ ।
उखु कृषकले अनुदान र उखुको समर्थन मूल्यको विषयलाई आन्दोलन तीव्र पारेपछि रामनगरस्थित एभरेस्ट चिनी मिलको चालु क्रसिङ सिजन (०८२–८३) प्रभावित बनेको छ। किसान आन्दोलनका कारण गत वर्षको तुलनामा यो वर्ष ढिलो गरी मात्र मिल सञ्चालन हुने एभरेष्ट चिनी मिलले जनाएको छ ।
यहाँस्थित थाइल्यान्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्यान्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्याउन फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्दैछ । टस हारेको विराटनगरले ब्याटिङको निम्तो पाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट राजीनामा दिनुभएको छ ।
धनुषाको जनकपुर–ढल्केवर ६ लेन सडक खण्डको तीन स्थानमा आकासे पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने बताउनुभएको छ ।
गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बिच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गाजा सहरमा घाइतेको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ ।
विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो ।
नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता प्रभावकारी भएको बताइएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् ।