गत दुई दिनदेखि भएको बेमौसमी वर्षाले गर्दा बाँके जिल्लामा मात्रै करिब नौ करोडको काँचो इँटा गलेर नष्ट भएको छ ।
चालु आर्थिक वर्ष ०८२/०८३ का लागि जिल्लाको रैथाने बालीको मूल्य सामान्य वृद्धि गर्दै निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समितिको बैठकले रैथाने बालीको मूल्यमा केही वृद्धि गर्दै निर्धारण गरेको हो।
शुक्रबार राति भएको वर्षाले चैते धानबाली लगाएका किसानहरु हर्षित भएका छन् । पानी परेपछि चैतेधान खेती गर्ने सप्तरीका किसानहरु हर्षित भएका हुन् ।
जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा भेटिइन् र उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भयो।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ। कार्यालयका प्रमुख दिपक कुमार मिश्रका अनुसार दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च केवल १५ प्रतिशत मात्रै भएको छ।
विश्व पानी दिवस संयुक्त राष्ट्रसङ्घले १९९० को दशकबाट मनाउन सुरु गरिएको हो । यस वर्ष सन् २०२६ को नारा ‘जहाँ पानी बग्छः त्यहाँ समानता बढ्छ’ भन्नेछ ।
काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले हानिकारक अस्पतालजन्य फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न दुई करोड रुपियाँ अनुदान प्रदान गरेपछि महानगरको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको फोहोर व्यवस्थापन हुने छ ।
अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य बालबालिकालाई भेट्न काठमाडौँबाट बैतडीका दुर्गम गाउँ आइपुग्नु भएको छ। उहाँको भ्रमणको मुख्य उद्देश्य बालबालिकालाई कथा लेखन सम्बन्धी तालिम दिनु र गाउँमा रहेका बाल कथाहरू खोज्नु हो।
पूर्वी चितवनको उत्तराखण्ड चक्रपथ अन्तर्गत भालुखोलामा पुल निर्माण सुरु भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ भरतपुरबाट कालिका नगरपालिका, खैरहनी नगरपालिका हुँदै पूर्वी चितवनको लोथरखोलासम्म पुग्ने वैकल्पिक सडक उत्तराखण्डमा पुल निर्माण सुरु भएको हो ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र र भगवान् गौतम बुद्धको पवित्र अस्थि धातु निहित रामग्राम स्तूप यतिबेला उचित संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।
सुशासन र सदाचार कमजोर हुँदा ‘अटेरी अभियान’ चलाउनुभएका पोखरा महानगरपालिका–१४, मझेरीपाटनका बासिन्दा खड्कराज (गनेस) पौडेल जनप्रतिनिधि बन्नुभएको छ । यो अभियान चलाउँदाचलाउँदै अहिले देशको नीति निर्माण र सुशासन कायम गराउने ठाउँमा पुग्नुभएको छ ।
आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ ।
ट्याक्टर दुर्घटनामा परि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएका चालक नरेन्द्र सुनारको पोष्टमार्टम अहिलेसम्म हुन सकेको छैन।
पत्रकारिता र कलाकरिताबाटै आफ्नो जीवन धान्न सकिन्छ भन्ने विश्वास हरिप्रसाद भुसाललाई लाग्थ्यो । दुई दशकअघिसम्म आफ्नै जीवन असहज हुँदा उहाँले पत्रकारिता र कलाकारिता पेसालाई एकसाथ सुरु गर्नुभयो ।