सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबिच अन्तरआबद्धता गरी सेवा प्रवाह सुरु गरेको छ ।
चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४ सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ ।
साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बेमौसमी वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि इँटा व्यवसायी चिन्तित् भएका छन् । इँटाले मूल्य नपाइरहेको अवस्थामा बेमौसमी वर्षाले झन क्षति बेहोर्नु परेको भन्दै उनीहरु चिन्तित् भएका हुन । प्री–मनसुन अवधिमा शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रुपमा नष्ट भइ इँटा उद्योगमा ठुलो क्षति भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेला गर्न लागिएको छ । पत्रकारको मेलाको रूपमा लिइएको मेलामा देशभरका पत्रकार बागलुङमा जम्मा हुनेछन् । नेपालमा नमूना कार्यक्रमको रुपमा रहेको मिडिया मेलाको तयारीलाई महासंघले तिब्रता दिएको छ ।
संसारभर पानीको महत्त्व र यसको संरक्षणबारे बहस भइरहँदा, नेपालको राजधानी काठमाडौँका गल्लीहरूमा भने पानीको अभावले एउटा बेग्लै र कहालीलाग्दो तस्बिर प्रस्तुत गरिरहेको छ ।
परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ ।
१८ औ संस्करणको रामनवमीका कप भलिबल प्रतियोगिता आगामी फागुन १० गतेदेखि धनकुटाको हिलेमा सञ्चालन हुने भएको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहाेरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत रहेको बताउनुभएको छ ।