अरनिको राजमार्गको काभ्रेपलाञ्चोक सडकखण्ड अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत काभ्रे खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा एक वर्षअघि फेला परेका बुद्धकालीन ऐतिहासिक महत्वका पुरातात्त्विक वस्तु संरक्षण गरिने भएको छ ।
गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका छन् ।
दाङमा चार लाखभन्दा बढी क्युफिट काठ कटान गरिने भएको छ ।
बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि तनहुँमा यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।
गोरखाको ऐतिहासिक ठाउँ बारपाकमा ढुङ्गाले छाएका एकैनासका घर देखिन छाडेका छन् । २०७२ वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पका कारण बारपाकवासीले परम्परागत स्वरूपका घर गुमाउनु परेको हो ।
नेपालमा औलो नियन्त्रण प्रयासको सय वर्ष पुगिसकेको छ । औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार सन् २०२५ सम्म औलोमुक्त हुने नेपालको लक्ष्य छ तर भारतसहितका देशबाट भित्रिने औलोको दर कम नहुँदा नेपालका लागि लक्ष्य हासिल गर्न कठिन देखिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ ।
जिल्ला हुलाक कार्यालय म्याग्दीले हुलाक सेवालाई छिटोछरितो बनाएको छ ।
पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ ।
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताउनुभयो ।
दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ ।