पश्चिम नवलपरासीको रामग्राम–१४ अमरौटमा किसानहरूलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ ।
बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेको हो ।
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान लागुऔधष मुद्दाका थुनुवाहरूबीच विवाद हुँदा सो घटना भएको हो ।
सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको मुख्य सडकमा रहेका साँघुरा घुम्ती (मोड) चौडा बनाउन सुरु गरेको छ ।
चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नदिएको भन्ने भनाई सरासर झुट भएको राखेपले जनाएको छ ।
साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता महोत्सव–२०८२ सम्पन्न भएको छ।
ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिने मन्त्रजप कार्यक्रम हुनेबारे जानकारी गराएको हो ।
विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि यही चैत १२ देखि १४ गतेसम्म सञ्चालन गर्न लागिएको सातौं संस्करणको धार्मिक पूजा बज्रगुरु मन्त्र जपको तयारी अन्तिम चरणमा पुगेको हो ।
दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिनुभएको छ ।
बाँके जिल्लामा गत एक महिनाको अवधीमा ३३ वटा सवारी साधन दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि मुखको क्यान्सरबाट पीडित गीतकार तथा सञ्चारकर्मी अशोक दत्तको उपचारका लागि आर्थिक सहयोग जुटाउन जनकपुरका विभिन्न सङ्घसंस्था सक्रिय भएका छन् ।
शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका–२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् ।
टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा पाँचौँ जित निकालेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ ।