दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् ।
भारतको सबैभन्दा ठुलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ ।
नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैँक रिजर्व बैँक अफ इन्डिया (आरबिआई)ले शुक्रबार आफ्नो रेपो दर २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत गरेको छ ।
चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताउनुभएको छ ।
रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारी साधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो ।
लमजुङको बेँसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवलदार सीता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।
च्याटजिपिटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडिसीबिच सिड्नीमा अर्बौ डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक र अभिभावकहरू अहिले विद्यालय सञ्चालनका लागि गाउँमा मानो पाथी अन्न सङ्कलन गर्दै गरेको भेटिन्छन् ।
चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबिच पुरानो मित्रताको पुनः मापन गर्ने महत्वपूर्ण क्षण मानिएको छ ।
सुनसरीको हरिनगर गाउँपालिका-३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताउनुभएको छ ।
पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दुध उत्पादनमा वृद्धि भएको छ ।