ताप्लेजुङमा वर्षासँगै हिमपात भएपछि किसानहरु हर्षित भएका छन्। हिउँदयाम सकिएलगत्तै माटो अर्थात जमिन भिज्नेगरी वर्षा र हिमाली भेगमा हिमपात भएपछि जिल्लाका किसान हर्षित भएका हुन्।
गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले छापा पत्रकारिताको विश्वसनीयताकै कारण यो माध्यम टिकिरहेको बताउनुभएको छ । आइतबार इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’मा बोल्दै उहाँले पछिल्लो समय छापा माध्यमबाट डिजिटलतर्फ सर्ने प्रवृत्ति बढ्दै जाँदा छापा पत्रकारिता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभयो ।
आइतबार दिउँसो रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१३ को छिवाङ नजिकै सानीभेरी नदी किनारमा एक किशोरीको शव फेला परेको छ ।
भारतका चर्चित निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा सहभागी हुनुहुने भएको छ ।
सिंहदरबारको सुरक्षा प्रबन्धका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार बालुवाटारमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गर्नुभएकाे छ ।
हिमपातपछिको मुक्तिक्षेत्र मुस्ताङको वागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित झारकोट, मुक्तिनाथ, झाररकोट र खिङ्गा आसपासका क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातपछि आइतबार दिउँसो देखिएको सेताम्मे बाक्लो हिउँ र आसपासका क्षेत्र ।
विपद् व्यवस्थापन र वन डढेलो नियन्त्रणमा तीनै तहका सरकारबिच समन्वय र सहकार्यमा जोड दिइएको छ ।
अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ ।
मध्यपूर्व एसियामा उत्पन्न तनाव चर्किँदै गएपछि बाँकेमा कच्चापदार्थ अभाव भएको छ । जसकारण उत्पादन घट्दै गएको छ भने केही उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् । कच्चा सामाग्रीको आयात घटेपछि व्यवसायीहरु मर्कामा परेका छन् ।
शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतम शर्माले आफ्नो कार्यकालको अन्त्यसँगै मन्त्रालयले छोटो अवधिमा नै महत्वपूर्ण सुधारका आधार निर्माण गरेको बताउनुभएको छ।
गण्डकी प्रदेश सभाको आइतबारबाट सुरु भएको नवौं अधिवेशनमा राइड सेयरिङदेखि इनिशा विकको हत्यासम्मका प्रसङ्ग उठेका छन् ।
बेमौसमी वर्षाले आँपको मञ्जर (मजुरा) लाई फाइदा गरेको छ । शुक्रबार र शनिबार परेको पानीले आँपको मञ्जरमा लागेको मधुवा किरा नष्ट भएपछि आँपको मञ्जरलाई फाइदा गरेको हो ।
पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ ।