अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट दरबार उत्खनन हुने भएको छ । पुरातत्व विभागको काठमाडौँबाट जाने पुरातत्वविज्ञसहितको टोलीले करिब दुई महिनासम्म खोज अनुसन्धान गरेर दरबार अध्ययन गर्ने भएको हो ।
सुडानको एक अस्पतालमा गरिएको आक्रमणमा ६४ जना मारिएका छन् । सो घटनामा ८९ जना घाइते भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । त्यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको छ । मृतकमध्ये १३ जना बालबालिका हुन् ।
तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।
यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपाल घुम्न आएका दुई भारतीय किशोर पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका छन् ।
कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काले मिटर बक्सको सहज आपूर्ति र वितरणमा ढिलाइ भएको भन्दै नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्यानमा धर्ना दिनुभएको छ।
उदयपुरको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थानीय युवा अमृत झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा आग्रह गरेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका ४ टिमाईस्थित कमल खड्काको मकैवारीमा फेला परेको हिंस्रक चितुवाको आक्रमणमा परी ५ जना घाइते भएका छन् ।
सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरुलाई समेटेर तयार पारिएको ‘ठमेलका सम्पदाहरु’ पुस्तक विमोचन गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको पर्वत प्रहरी पर्याप्त भवन र जनशक्तिको अभावमा काम गर्न बाध्य भएको छ ।
रौतहटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा १ मनहर्वा घर भएकी ८४ वर्षीय कान्छी देवी चौधरी रहनु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।