जुम्लाको गुठीचौर गाउँपालिकाले लामो समयदेखि प्रयोगमा नआएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई यथाशीघ्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ
समालोचनात्मक कृति ‘अक्षरको यात्री’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो । सङ्ग्रहभित्र १६ जना मूर्धन्य साहित्यकारका कृतिमाथि गरिएका समालोचना समेटिएका छन् । कृतिमा युगपुरुष विश्वेश्वरप्रसाद कोइरालादेखि वर्तमान पुस्ताका स्रष्टासम्मका सिर्जनामाथि आलोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ ।
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्राबारे अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित सेतो मत्स्येन्द्रनाथको रथयात्राको व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा सो वृत्तचित्र सार्वजनिक गरिएको हो ।
वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।
यल अध्ययन केन्द्रले स्थानीय बालबालिकालाई सिकाउँदै आएको तीनमहिने नेपाल भाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल भाषा, साहित्य, संस्कृति प्रवर्धनका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायण अवालेले बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मङ्का खलः यलका अध्यक्ष महेन्द्र महर्जनले नेपाल भाषाको विभिन्न खेलबारे जानकारी मात्र नभई खेल खेल्ने र खेलाउने तरिका पनि सिकाउन आवश्यक भएको बताउनुभयो । यल मङ्काः खलः ले आगामी दिनमा नेपाल भाषा खेलसम्बन्धी पुस्तक तयार गर्ने उहाँको भनाइ छ ।
सहकारी संस्थालाई नियमन/अनुगमन गर्ने निकाय धेरै वटा हुँदा यतिबेला समग्र सहकारी क्षेत्र अन्योलमा छ । देश सङ्घीय संरचनामा प्रवेश गर्नुअघि सहकारी क्षेत्रको नियमन मुख्यतः सहकारी विभाग र जिल्लास्तरका डिभिजन सहकारी का
चारदिनसम्म मनाइने छठपर्वको दोस्रो दिन सोमबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोश्रोदिन अर्थात पञ्चमी तिथिमा व्रतालुहरुले दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
भीरकोट नगर अस्पतालमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४९५ सेवाग्राही लाभान्वित भएका भएका छन् ।
विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ ।
सरकारले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गरेको छ । अध्यागमन विभागले हाल समूहमा मात्रै पदयात्रामा जान पाइने व्यवस्था रहेको १३ जिल्लाका १५ वटा निषेधित क्षेत्रमा अब विदेशी पर्यटकले विभागबाट अनुमति लिएर एक जना पथप्रदर्शकसहित पदयात्रामा जान पाउने व्यवस्था गरेको हो ।
वर्षाले कैलालीका इँटा उद्योगमा करिब सात करोड रुपियाँको क्षति भएको छ । शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रूपमा नष्ट भई इँटा उद्योगमा ठुलो क्षति भएको हो । सेती महाकाली इँटा उद्योग व्यवसायी सङ्घ जिल्ला समितिका अनुसार यहाँ रहेका प्रत्येक इँटा उद्योगमा पाँच लाखदेखि सात लाखसम्म काँचो इँटा नष्ट भएको छ । जिल्लाभर ५२ वटा इँटा उद्योग छन् ।
अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट दरबार उत्खनन हुने भएको छ । पुरातत्व विभागको काठमाडौँबाट जाने पुरातत्वविज्ञसहितको टोलीले करिब दुई महिनासम्म खोज अनुसन्धान गरेर दरबार अध्ययन गर्ने भएको हो ।
सुडानको एक अस्पतालमा गरिएको आक्रमणमा ६४ जना मारिएका छन् । सो घटनामा ८९ जना घाइते भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । त्यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको छ । मृतकमध्ये १३ जना बालबालिका हुन् ।