म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएको घटनामा हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट विष्णुबहादुर खड्का निर्वाचित हुनुभयो । नेपाली कांग्रेसका उम्मेदवार रहनुभएका खड्का २६ हजार ८९७ मतका साथ विजयी हुनुभएको हो । पहिलो पटक संसदीय यात्रा तय गर्नुभएका खड्का जिल्लामा व्यवसायी एवं सामाजिक व्यक्तित्वका रूपमा चिनिँदै आउनुभएको छ ।
हुम्लामा २० प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको सङ्ख्यासमेत बढ्दै गएको छ । जिल्लाभर चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २० प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयका तथ्याङ्क सहायक दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो ।
कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काले मिटर बक्स नपाएको भन्दै धर्ना बसेपछि राति करिब साढे १० बजे मात्र मिटर बक्स उपलब्ध भएको छ। वडा कार्यालयले तीन वटा फाइल प्रक्रिया पूरा गरेर निवेदन पेश गरेको थियो।
तीन दशक लामो इन्जिनियरिङ र प्राज्ञिक क्षेत्रको अनुभव सँगालेका श्रीराम न्यौपाने तनहुँ क्षेत्र नं. २ बाट सङ्घीय संसद्को यात्रा तय गर्न सफल हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार न्यौपानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । उहाँले ३२ हजार ६८७ मत प्राप्त गर्दा भण्डारीले १४ हजार १३५ मत प्राप्त गर्नुभएको थियो । न्यौपानेले नीतिनिर्माण तहमा विज्ञताको हस्तक्षेप आवश्यक रहेको बताउँदै राजनीतिमा आएको बताउनुभयो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा विभाग प्रमुखसमेत हुनुहुन्छ ।
सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दामा सजाय पाएका फरार अभियुक्तसहित दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ ।
राजविराज जेसीजले उत्कृष्ट कार्यसम्पादनको निरन्तरतासँगै राष्ट्रिय स्तरमा पुनः सफलता हासिल गरेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद प्रतिनिधि सभामा पठाउने जिल्ला रुपन्देही बनेको छ । प्रतिनिधि सभामा रुपन्देहीबाट १३ सांसदको प्रतिनिधित्व भएको छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट सात गरी १३ सांसदको प्रतिनिधित्व भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि रामाकान्त चौरसिया चर्चामा आउनुभएको छ । उहाँले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
बर्दियाका २७ वटा विद्यालय तीनतारे स्तरमा पुगेका छन् । नेपाल सरकारले २०७४ सालमा ल्याएको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिअनुसार ती विद्यालयले मापदण्ड पूरा गरेका हुन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले वसन्त माध्यमिक विद्यालयमार्फत निःशुल्क शिक्षाको नयाँ अभ्यास सुरु गरेको छ । विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई
करिब ४१ हजारभन्दा बढी मतान्तरसहित विजयी हुनुभएका थापा यसअघि २०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो । सिभिल इन्जिनियरिङ अध्ययनसँगै कलेज सञ्चालन र समाजसेवामा सक्रिय रहँदै आएका थापा तीन वर्षअघि राजनीतिक यात्रामा प्रवेश गर्नुभएको हो ।
कम्युनिस्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका बदनकुमार भण्डारी त्यही कम्युनिस्ट पार्टीका आधार क्षेत्रलाई भत्काएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय हासिल गर्नुभएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–६, कालिन्जोर पुलमा आइतबार राति दुईवटा गाडीसँग ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।