इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ । आइतबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्ध सम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपाय अपनाइएको उल्लेख गरिएको छ ।
पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुङ्गामा कृषि क्षेत्रमा करिब २८ लाख ८८ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् ।
नेपाली सङ्गीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने हुनुभएको छ ।
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा अध्ययनरत विद्यार्थी रिले अनशनमा बसेका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा रहेको हिन्दू तथा बौद्धमार्गीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ।
छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतार नआउनु सझुाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगइ सुख छैन । युद्धको प्रवाह नगरी उहाँ दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै हुनुहुन्छ ।
चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।
गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन सहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा रहेका नेपालीहरूले संकलन गरेर पठाएको रकम शहिद परिवारको घरघरमै गएर हस्तान्त्रण गरिएको हो।
मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराही बजारमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको छ। यस आगलागीमा करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ।
बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै, बेपत्ता बालिकाका परिवार र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–८ करडबोनामा आइतबार करिब तीन घण्टा चक्काजाम गरेका छन्।
रिबेका स्क्लुटले सत्य घटनामा आधारित रहेर एउटा पुस्तक लेखिन्– दी इमोर्टल लाइफ अफ हेनरिटा ल्याक्स । हेनरिटा ल्याक्स उनै महिला हुन् जसलाई जीवन विज्ञानको रचनागर्भले जीवित मान्दछ । भलै उनले देह त्याग गरेको लगभग ७५ वर्ष भइसक्यो, उनको जीवाशेष जीवित छ– लाखौँ मानिसको ज्यान बचाउँदै प्रयोगशालामा कोषीय रूपमा । यस कारण विज्ञानको नजरमा ल्याक्स अमर छिन् । सन् २०१३ मा वैज्ञानिकहरूले हे
बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले जन्म दिनुभएको एक नवजात शिशु रहेका छन्।
तनहुँका स्थानीय उद्यमीलाई व्यावसायिकतातर्फ प्रोत्साहन गर्न एकीकृत सेवा कार्यालयले अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ ।