सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ, जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो ।
भारत नेपाल साहित्य सम्मेलनमा ममता मृदुललाई सम्मान तथा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । ममता मृदुललाई महावीर प्रसाद द्विवेदी हिन्दी विश्व विद्यालय एवं सोध संस्थान, रायबरेलीद्वारा मानार्थ विद्यावारिधि लगायत विविध शीर्षकमा सम्मान प्रदान गरिएको हो ।
भारतबाट मलद्वारमा लुकाएर लागु औषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो।
पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक जनाको शव फेला परेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ ।
पाकिस्तानका विदेशमन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।
मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर्ध–निषेधित क्षेत्र घुम्न जाने गरेकोमा पहिलो पटक नेपाल सरकार अध्यागमन विभागले पथ प्रदर्शक अनिवार्य हुनेगरी एकल पदयात्रीलाई पनि पदयात्राका लागि स्वीकृति दिएको हो ।
युरोपेली सङ्घकी प्रमुख उसुला फन डेर लेयन सोमबार अस्ट्रेलियामा पुगेकी छिन्, जहाँ वर्षौदेखि वार्ता चलिरहेको स्वतन्त्र व्यापार सम्झौता टुङ्ग्याउने आशा राखिएको छ । यो फन डेर लेयनको अष्ट्रेलियाको पहिलो यात्रा हो, र यो यात्रा मध्यपूर्व युद्धले उत्पन्न ऊर्जा असुरक्षाको पृष्ठभूमिमा भएको छ ।
दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय महिला भलिबलको उपाधि काठमाडौंको चन्द्रागिरी नगरपालिकाको न्यू डायमन्ड क्लबले जितेको छ । हेटौँडा–१० टिसिएनचौरमा जारी राष्ट्रिय बृहत् खेल, कृषि तथा पर्यटन महोत्सवमा आइतबार भएको फाइनल खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै न्यू डायमण्डले उपाधि जित हासिल गरेको हो ।
इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ । आइतबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्ध सम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपाय अपनाइएको उल्लेख गरिएको छ ।
पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुङ्गामा कृषि क्षेत्रमा करिब २८ लाख ८८ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् ।
नेपाली सङ्गीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने हुनुभएको छ ।