प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ ।
भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यसाथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ ।
सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठ दिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको छ ।
गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहिल्यै गुलियो भएन । ६८ वर्षका रायले उखुको स्वाद सधैँ नमिठो अनुभव गर्नुपरेको छ ।
यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ ।
भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गर्नुभएको छ ।
अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् ।
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ ।
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सरावल–५, धनगढवास्थित करिब दुई बिघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको हो ।सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्याएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्णरूपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैध रूपमा बस्दै आएका घरहरूलाई हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिए पनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरूको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कँहार र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको छ ।अब वर्ष भित्रै अस्पताल निर्माणको काम सुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ ।
गृह जिल्ला रुकुमपश्चिम आएको बेला प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ ।