राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।
मटिहानी नगरपालिकाको वडा ८ मा नवनिर्मित वडाभवनको सोमबार एक समारोहबिच उद्घाटन गरिएको छ । यो भवन निर्माणसँगै नगरपालिकाले नगरभित्र रहेको नौ वटै वडाको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ ।
हिजबुल्लाहले सोमबार २४ घण्टाको समय अवधिमा इजरायली सैन्य केन्द्रलाई लक्षित गरी ६३ वटा सैन्य कारबाही गरेको इरानी मिडियाले बताएका छन् । हेजबुल्लाहले जारी गरेको विज्ञप्तीलाई उद्धृत गर्दै मिडियाले लेबनानी क्षेत्र र जनताको रक्षा गर्न र इजरायली आक्रमणको प्रतिक्रियाका रूपमा अपरेसन सुरु गरिएको बताएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु भएको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङ तमु धी सङ्घ यूकेको सद्भावना दूत नियुक्त हुनुभएको छ ।
मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी गरेपछि इरानले हर्मुज स्ट्रेट ‘पूर्ण रूपमा बन्द’ गर्ने चेतावनी दिएको छ । स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्वपूर्ण छ ।
नेपालमा बाल बिज्याइँ गर्ने बालबालिकाको सङ्ख्या न्यूनीकरण गर्न नेपाली समाजलाई मानव अधिकारमैत्री बनाउँदै न्याय प्रणाली मजबुत छ भन्ने अनुभूतिका लागि काम गर्नुपर्नेमा जोड दिइएको छ।
विश्व जल दिवसको अवसरमा नेपालगञ्जमा विचार–विमर्श भएको छ । जलवायु परिवर्तन र पानीको समस्या देखिँदै गएको अवस्थामा यसको कारण, परिणाम र समाधानबारे विचार–विमर्श भएको हो ।
नेपाली चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुई दिने कार्यशाला सुरु भएको छ ।
जिल्लाको रास्कोट नगरपालिकाले कृषि र पशुपालनमा सेवा शुल्क बृद्धि गरेको छ । कृषि र पशुपालनमा राम्रो हावापानी भएको रास्कोट नगरपालिकाले पशुपन्छी सेवा शुल्क थप गर्ने निर्णय गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।
चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्वतमा ट्राफिक कारबाहीबाट झण्डै आधा करोड राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार उक्त अवधिमा ५ हजार १५ वटा सवारी साधनलाई कारबाही गर्दा ४७ लाख ८८ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको हो ।
मन्त्रालयको गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियो पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू।
धनुकुटाको हिलेमा मङ्गलबारबाट सुरु हुने १८औँ संस्करणको रामनवमी कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
संकटा फुटबल क्लबले रोकिएको राष्ट्रिय लिग र फुटबल प्रतियोगिता छिटो सञ्चालन गर्न माग गरेको छ ।