त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा टाईम्सले कीर्तिपुरलाई ८२–६० ले हरायो । टाइम्सको यो लगातार छैटौँ जित हो ।
विश्व मौसम दिवसका अवसरमा सोमबार कैलालीको अत्तरियामा विभिन्न गतिविधि भएका छन् । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले विश्व मौसम दिवसको अवसर पारेर प्रभात फेरी र अन्तरक्रिया आयोजना गरेको हो ।
नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तरराष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ ।
मुस्ताङको घरपझोङ-४ जोमसोमबाट सोमबार बिहान देखिएको हिमपातपछि सेताम्मे निलगिरि हिमाल र आसपासका हिमश्रृङ्खला ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा भएको भनिएको लापरवाहीसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतले नेपाल मेडिकल काउन्सिलबाट प्राविधिक राय माग गर्ने आदेश दिएको छ ।
लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) ले चैत ६ गते देखि इ पेन्सन सेवा सुरुवात गरेसँगै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले सोमबारदेखि सेवा सुरुवात गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
४२ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।
विकासानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा भएको मनोक्रान्ति शान्ति पदयात्रा जारी छ । एक हप्ते पदयात्रा पोखराबाट सुरु भई एक सय २५ किमी यात्रा गरी गोरखामा पुगी सकिनेछ ।
नवलपुरको मध्यविन्दु नगरपालिकाले अनधिकृत रूपमा डम्प गरेर राखिएका करिब ५५ टिप ट्याक्टर बराबरको ढुङ्गा सोमबार बरामद गरेको छ ।
२०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा आएका विद्यालयहरु प्रति जिल्ला परीक्षा समन्वय समितिले चासो देखाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताउनुभएको छ । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उहाँले बताउनुभएको छ। वार्ता यो हप्ता जारी रहनेछ ।
सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनको वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माण आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।