तुलसीपुर उपमहानगरपालिका –१९ को हात्तीखाल गाउँभरिको बारीमा मकै खेती गरिएको छ । मकै खेती गर्नुभएका किसान एवम् तुलसीपुर –१९ का वडा सदस्य रेवती विश्वकर्माले वर्षायाममा प्रतिकोसा पाँच रूपियाँमा बिक्री नहुने मकै हिउँदमा भने १५ रूपियाँमा बिक्री हुँदा पनि पुर्याउन गाह्रो परेको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासी बेतत्ता भएको जनाएको छ ।
भारत र युरोपेली सङ्घ (इयु) बिच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन दिएको छ।
राष्ट्रिय सभाको बैठक सिंहदरबारमा सुरु भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सुरु भएको बैठकमा विभिन्न दलका सांसदहरूले बोल्ने क्रम जारी छ ।
संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनुभएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
दुर्गम बस्तीका स्थानीयलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले दैलेखमा आर्थिक बर्ष २०८२–८३ मा १० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । सो स्पष्टीकरणमा विभिन्न उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेका उल्लेख छ।
यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुनः ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्ख्याका आधारमा साविककै मतदानस्थलमा ६ वटा मतदान केन्द्र थपेको हो ।
बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरीको सङ्ख्या अपुग भएपछि पुनः आह्वान गरिएको दुई दिनको अवधिमा ६ सय ५३ जनाले आवेदन दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिनुभएको छ ।