आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा बाजुराका विभिन्न दलका उम्मेदवारहरू मतदाता रिजाउन गाउँ–बस्तीमा पुग्न थालेका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका तारालामा तामाङले यहाँका रोकिएका योजना अगाडि बढाइने बताउनुभएको छ ।
सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।
एक महिनाअघि भएको दम्पत्ति हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीको चार वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १३ जना महिलाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् भने सात जना महिला राजनीतिक दलको टिकट लिएर उम्मेदवार बनेका छन् । प्रत्यक्षतर्फ १०२ जना उम्मेदवारमध्ये २० महिला चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका सप्तरीका उम्मेदवार आफ्ना चुनावी एजेन्डा बोकेर मतदाता रिझाउन थालेका छन् । सप्तरीको क्षेत्र नं २ बाट उम्मेदवारी दिएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत निकास र विकासको एजेन्डा बोकेर मतदाताका घर घर गएर मतदाता रिझाउन थाल्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्धकबाट राजीनामा दिएर
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले) का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ दल उदय र पुरानो दल पकड कायम राख्ने कोसिसमा छन् । चार वटा निर्वाचन क्षेत्रमध्ये सर्वाधिक मतदाता रहेको यस क्षेत्रमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), स्वाभिमान, जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
बाँकेको जानकी गाउँपालिकामा कन्या विद्यालयको स्थापनापछि मधेशी तथा मुस्लिम समुदायका बालिका आकर्षित भएका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापाका उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मुख्य दल, स्वतन्त्र र नयाँ दलका उम्मेदवार मत माग्नका लागि घरदैलोमा व्यस्त बनेसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको सिमाना पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेको छ । शुक्रबार मध्यरातीदेखि हिउँ पर्न थालेपछि बिहानैदेखि पातीहाल्नेमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
कर्णाली एक सन्धियुक्त व्युत्पन्न शब्द हो । ‘कर्ण’ र ‘आली’ शब्द मिलेर कर्णाली बनेको हो । ‘कर्ण’ भनेको कान वा अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतका एक प्रसिद्ध पात्र भन्ने बुझिन्छ । त्यस्तै ‘
विशेष परिस्थितिका बिच फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ९० प्रतिशत तयारी पूरा भएको छ । उम्मेदवारी दर्ता भइसकेको छ । राजनीतिक दल चुनावी अभियानमा तीव्र रूपमा लागिरहेका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पछिल्ला समयमा सामाजिक सञ्जाल लगायतका प्लेटफर्मबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रशारण गरेर उपभोक्ताहरुलाई झुक्याउने, ठगी गर्नेजस्ता कार्यहरु बढिरहेको गुनासाहरु सुन्नमा आएको भन्दै त्यस्ता भ्रमपूर्ण विज्ञापनहरु पत्ता लगाएर बोर्डमा उजुरी गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
गत पुसको २८ गते चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाकाबाट लुकाइछिपाई लैजान खोजिएको १६ हजार थान विद्युतीय चुरोट भेप बरामद भएको थियो ।