गुल्मीमा दुई गोठमा आगलागी भएको छ। यस जिल्लाको रुरु गाउँपालिका वडा ४ रानीबासका कपिल श्रेष्ठको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कच्चि काठले बारेको टिनले छाएको एक तले गोठमा दाना पकाउने क्रममा अचानक आगलागी हुँदा सोमबार गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो।
डिभिजन वन कार्यालय, गुल्मीले गुजरगानो सङ्कलन तथा ओसारपसार नगर्न आग्रह गरेको छ। पछिल्लो समय डिभिजन वन कार्यालय गुल्मीको कार्यक्षेत्र भित्र पर्ने राष्ट्रिय वन (सामुदायिक वन समेत), सार्वजनिक क्षेत्र निजी आवादी समेतबाट गुजरगानो प्रजातिको जडीबुटीबिना इजाजत संकलन तथा ओसारपसार गर्ने कार्य बढ्दै गएको छ।
अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना गरिरहेका छन् ।
हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्।
अष्ट्रेलियाली सरकारले सोमबार जल स्रोतको दिगो प्रयोग गर्ने र राष्ट्रिय स्वच्छ ऊर्जा सङ्क्रमणमा योगदान गर्ने डाटा सेन्टरको अनुमोदन प्रक्रिया तीव्र बनाइने घोषणा गरेको छ ।
२१ औं फेवा नव वर्ष महोत्सवलाई लक्षित गरी पोखराको पर्यटन व्यवसायीहरूको टोली यस पटक ‘जाउँ है पोखरा’ अभियानका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिातमा विजयी सुरुवात गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ ।
चीनले आफ्नो अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हाँसिल गर्दै ‘स्मार्ट ड्रागन-३’ रकेटमार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण आइतबार राति चीनको शानदोंग प्रान्तस्थित हाययाङ सहर नजिकैको समुद्री क्षेत्रमा गरिएको हो ।
नवलपुरको कावासोती नगरपालिका –३ का महिला मादल बजाउने तालिम लिन थालेका छन् । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ३८ जना महिलालाई दैनिक दुई घण्टाका दरले १५ दिने निःशुल्क तालिमको आयोजना गरेको हो ।
बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबे यतिबेला मतदाता भेट गर्नमा व्यस्त रहनुभएको छ ।
सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।
गुल्मीमा दुई गोठमा आगलागी भएको छ । यस जिल्लाको रुरु गाउँपालिका वडा नम्बर-४ रानीबासका कपिल श्रेष्ठको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।