लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ ।
‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
खानेपानीको चरम अभाव झेलेको बागलुङ नगरपालिका-१३ पैयुँपाटा काभ्रडाँडाका स्थानीयहरूका लागि ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याइएको छ ।
सशस्त्र प्रहरी जवान विजय जंङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो ।
गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ ।
आइतबार पनि निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन जारी छ । चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एक महिनादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले देशभर मलेरियाका मामिलाहरूमा तीव्र वृद्धिबारे चेतावनी दिएको डन समाचारले बताएको छ । उनीहरूले मलेरियाको यो वृद्धिलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको प्रभावसँग जोडेका छन् ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल गत दुई महिनादेखि प्रमुख विहीन भएको छ ।
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले आगामी आर्थिक २०८२/८३ का नीति तथा कार्यक्रम मुलुकको दिशा स्पष्ट गर्ने र जनता विश्वस्त हुने किसिमले तय गर्नुपर्ने विषयमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा. डा.रमेशकान्त अधिकारीेले नियमित खोप समयमै लगाउन आग्रह गर्नुभएको छ । डा.अधिकारीले १५ महिनाको उमेरसम्म दिइने नियमित खोपले स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउने हुँदा छुटेका बालबालिकालाई समयमै खोप लगाउन आग्रह गर्नुभएको हो ।