प्राकृतिक तथा गैरप्राकृतिक विपत्का कारण बागमती प्रदेशमा एक दशकको अवधिमा साढे १६ हजार परिवार प्रभावित भएका छन् । २०७२ देखि २०८२ सालसम्मको अवधिमा
बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ । विशेषज्ञ चिकित्सक अभावका कारण पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको हो ।
काशी हिन्दी विद्यापीठ एवम् अखिल भारतीय लेखक कवि कलाकार परिषदद्वारा संयुक्तरूपमा भारतको बनारसमा आयोजित एक कार्यक्रममा नेपालका पाँच जना वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
आर्थिक वर्ष २०८२/०८३ का लागि पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा १७१ वटा पूर्वाधार योजना रहेका छन् । तीमध्ये चालु आर्थिक वर्षको फागुनसम्म ११३ योजना सम्झौता भई कार्यान्वयन चरणमा पुगेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत ६ महिनादेखि गणित विषयको पठनपाठन अवरुद्ध भएको छ । गाउँपालिकाको वडा नं. ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी मिलानमा भएको विवादका कारण पठनपाठन प्रभावित बनेको हो ।
राष्ट्र र जनताका लागि आवश्यक पर्ने विधि निर्माण थलो संसद्को आफ्नै महत्व छ । जनताबाट निर्वाचित जनप्रतिनिधि संसद्मा पुगेर गहन विचार विमर्शमार्फत मुलुकका समस्या समाधान गर्न मूल कानुन संविधानसँग नबाझिने गरी ऐन कानुन बनाउँछन् । ती ऐन कानुनमार्फत मुलुकमा शान्ति र सुव्यवस्था कायम गरिन्छ । अहिले नवयुवा (जेनजी) पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न नयाँ कानुन बनाउनुपर्ने
सडक निर्माण भएको लामो समयपछि दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ ।
नेपालमा लामो समयसम्म सफल करियरको अर्थ एउटै थियो– स्थायी जागिर, निश्चित तलब र एउटै संस्थामा बर्सौं सेवा । सरकारी सेवा वा ठुला संस्थामा स्थायी रोजगारी पाउनु नै जीवनको प्रमुख लक्ष्य मानिन्थ्यो । सूचना प्रविधिको तीव्र विकास, विश्वव्यापीकरण र बदलिँदो श्रम बजारले यो परम्परागत अवधारणालाई क्रमशः चुनौती दिन थालेको छ । आजका धेरै युवाका लागि जीवनभर एउटै पेसामा सीमित रहनु आकर्षक विकल्प हो भन्ने लाग्न छोडेको छ । बरू आफ्ना विभिन्न सिप, रुचि र अनुभवलाई संयोजन गरेर बहुआयामिक करियर निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसलाई आधुनिक भाषामा ‘पोर्टफोलियो करियर’ भनिन्छ ।
सर्लाहीका तीनवटै चिनी मिलले यो वर्ष चैतभर नै उखु क्रसिङ गर्ने भएका छन् । मिलमा किसानले उखु ल्याइरहेकाले १५/२० दिन अझै क्रसिङको काम हुने भएको हो ।
आमनिर्वाचन २०८२ को जनादेशले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटमा विजय हासिल गरेको छ । यो सिट सङ्ख्या दुई तिहाइ (१८४) नजिकको हो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछिको साढे तीन दशकमा यति ठुलो चुनावी सफलता कुनै पनि राजनीतिक दलले प्राप्त गरेको थिएन । यसभन्दाअघि २०१५ सालको पहिलो आमनिर्वाचनमा बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले दुई तिहाइ सिट हासिल गरेको थियो । यस पटकको निर्वाचन परिणामले देशका स्थापित राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र रा
जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो ।
१२० वर्ष अघिको गोर्खापत्र