नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एचआइभी / एड्सबाट ३५२ जनाको ज्यान गएको छ । तुलनात्मक अध्ययनले हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सन् २०३० सम्ममा एचआइभी / एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभी/एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
काठमाडौँ महानगरपालिकाले सहयोगको अपेक्षामा रहेका सडक मानव व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । मानव सेवा आश्रमका लागि प्रयोग हुने घर भाडा, मावन व्यवस्थापन तथा स्क्रिनिङ कार्यका सम्झौता भएको हो ।
छिमेकी देश भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर दार्चुलामा विरोध हुन थालेको छ । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा पक्की तटबन्ध निर्माणको काम निरन्तर गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको आरोप लगाउनुभयो ।
कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।
सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कंचारूप नगरपालिका ५ का ५५ वर्षीय नारायण खंग रहनुभएको छ ।
दोलखाको शैलुङ गाउँपाकिा–८ को समन्वय तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित भएका छन् ।
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरणमा कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाईसी) फर्म भर्नेहरू भिडभाड बढेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।
महोत्तरीको बर्दिवासस्थित देउराली माध्यमिक विद्यालय मधेश प्रदेशमै पहिलोपटक ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै शैक्षिक आधुनिकीकरणको नमुना बनेको छ ।
सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ ।
विश्वभरिकै सरकार यताका वर्षमा जनचाहनाको खरो परीक्षामा छन् । प्रत्येक मुलुकका नागरिकको चाहना आफ्नो सरकारले जनहितलाई प्राथमिकता दिन सकोस् भन्ने रहेको हुन्छ । अझ लोकतान्त्रिक व्यवस्थामा जनचाहनाबिनाको सरकार लामो समय टिक्न नसक्ने अनेक उदाहरण ताजै छन् । सत्तामा नपुग्दा जनचाहनाका बहुरङ्गी सपना देखाए पनि सरकारमा पुगेपछि जनताका चाहनालाई वास्ता नगर्ने प्रवृत्ति पनि छ । सत्ताबाहिर रहँदा सुशासनको अनेक मिठा सपना देखाउने सरकारमा पुगेपछि वाचा चटक्कै बिर्सने गरेको पनि पाइन्छ । जननिर्वाचित
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।