शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका –६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।
रौतहटको चन्द्रपुर नगरपालिकाले यहाँ निर्मित बसपार्क सञ्चालन गर्न अग्रसरता नदेखाए पछि बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
मानव विकास सूचकाङ्कका आधारमा बाजुरा जिल्ला देशका ७७ जिल्लामध्ये पछिल्ला स्थानमा पर्छ। यही जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँ अझै पनि राज्यको विकासबाट गुमनाममै रहेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मूल्यको बस्तु आयात गरेको छ ।
मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ ।
झापाको कनकाई नगरपालिका–३ स्थित चर्चित पर्यटकिय स्थल हेप्पील्यान्ड सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो ।
बाँके जिल्लाका बालसुधार गृहहरूको संयुक्त अनुगमनले बालन्याय प्रणाली, शिक्षा, मनोसामाजिक सेवा, न्यायिक प्रक्रिया र पुनःस्थापनामुखी कार्यक्रमका क्षेत्रमा गम्भीर समस्या रहेको निष्कर्ष सार्वजनिक गरेको छ।
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक विचित्रको लोकतन्त्र गजबको निर्वाचन सार्वजनिक भएको छ । परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबिचको अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको यस कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्दछ ।
स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ ले घटेको हो ।
दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँदा करिव दुई करोड दस लाख रुपियाँ बराबरको क्षति भएको हो ।
मिथिलाञ्चलमा आइतबारदेखि चैते छठ पर्व सुरु भएको छ । विभिन्न विधि गरी चार दिनसम्म मनाइने यस पर्वको चैते छठ आइतबारदेखि सुरुवात भएको हो ।