गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मुस्लिम धर्मावलम्बीमा इद (इद–उल–फित्र)को शुभकामना व्यक्त गर्नुभएको छ ।
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपान्डाको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलामको उत्तरपूर्वी सीमावत्र्ती क्षेत्र कालपोखरीमा रेडपान्डा महोत्सव आयोजना हुने भएको छ ।
इस्लाम धर्मावलम्बीले शनिबार हेटौँडामा इद–उल–फित्र (इद) पर्व मनाएका छन् । हेटौँडास्थित जामे मस्जिदमा बिहान इदको नमाज पढेपछि एक अर्कामा शुभकामना आदान–प्रदान गर्दै मुसलमानहरूले खुसियाली साटासाट गरेर यो पर्व मनाएका हुन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा जारी लिगमा हाउन्ड्सले सोलो बास्केटबल क्लबफाई १०६–७३ ले हरायो ।
पश्चिमका प्रमुख नाकाहरूमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ ।
नेकपा (एमाले) का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को ११ औं महाधिवेशनको बन्दसत्र आज पनि जारी छ । चैत ५ र ६ गते समय निर्धारण गरिएको बन्दसत्र लम्बिदा आज तेस्रो दिन पनि जारी छ ।
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ ।
शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने सडकखण्ड ठप्प भएको छ। लगातारको वर्षाका कारण सडक अत्यधिक चिप्लो र हिलाम्य बनेपछि उक्त खण्ड शुक्रबारदेखि नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गको कल्भर्ट मुनि जमेको पानीमा शनिबार बिहान ती महिलाको शव फेला परेको हो।
सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उहाँकी ६५ वर्षीय पत्नी दुर्गीवती सदाको शनिबार एकै दिन निधन भएको हो।
तनहुँको ऋषिङ गाउँपालिका–८, धारुङगैरीस्थित रानीपोखरीमा चट्याङ लाग्दा एक घरमा क्षति पुगेको छ । शुक्रबार साँझ विष्णु सारुको ढुङ्गा–माटोले बनेको एकतले कच्ची घरमा चट्याङ पर्दा घरभित्र रहेका सामग्रीमा क्षति पुगेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
बाँके जिल्लाका मुस्लिम समुदायले शनिबार मुस्लिम धर्मको सबैभन्दा ठुलो पर्व इद–उल–फित्र धुमधामका साथ मनाएका छन्।
यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक्षार्थीहरू समावेश छन्।