दाङको घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोला चार लेन पुल निर्माणमा ढिलाइ भएको छ । घोराही–तुलसीपुर चार लेन सडकलाई समेट्ने गरी पुल निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सम्झौता म्याद आधा बढी भइसक्दा समेत आधा पनि भौतिक प्रगति हुन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
भूकम्प प्रभावित जिल्ला जाजरकोटका विभिन्न पालिकावासीले भूकम्पपछि पुख्र्यौली थातथलो छोड्न थालेका छन् । सरकारले दोहोरो घर भएका भूकम्प प्रभावितका घर पुनर्निर्माण नगर्ने भएपछि उनीहरूले पुख्र्यौली थलो छोड्न थालेका हुन् ।
दोलखास्थितको सिँगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।
जाजरकोट जिल्ला समन्वय समितिसहित तीन वटा स्थानीय तह निमित्तका भरमा सञ्चालनमा रहेका छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिकासहित जिल्ला समन्वय समिति निमित्तका भरमा सञ्चालनमा रहेका हुन् । यी कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले काम गरिरहेका छन् ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाअन्तर्गत महोत्तरी–१ मा सरोज यादव पक्षधर प्यानल विजयी भएको छ । सोमबार सम्पन्न मतदानको अन्तिम नतिजाअनुसार खुला तर्फ विराट विष्टले सर्वाधिक मतसहित अग्रता प्राप्त गर्दै विजयी बन्नुभएको हो ।
अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।
जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको म्याद सकिए पनि काम भने ४५ प्रतिशत मात्र भएको छ । ठेक्का अवधिभरि काम नगरेकाले प्रगति ४५ प्रतिशत मात्र भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताउनुभएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।
बाजुराको दुर्गम गाउँका स्थानीय आफ्नो घरआँगनबाटै बस सेवा लिन पाउँदा निकै खुसी भएका छन् । बसको टिकट लिनकै लागि उनीहरू एक दिन पैदल हिँडेर सदरमुकाम मार्तडीमा आउने जाने गर्थे । अहिले यहाँका स्थानीय तहको पहल तथा समन्वयमा कोल्टीबाट बस चल्न सुरु भएसँगै घरआँगनमै बस चढ्ने गरेपछि उनीहरू खुसी भएका हुन् ।
मालिका गाउँपालिकाको आयोजनामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ पश्चिम म्याग्दीको दरवाङमा सुरु भएको छ ।
जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
कञ्चनपुरमा एकै पटक १३९ रुख काटेर गायब पारिएको छ । कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध रूपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् ।