श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गरी सफल स्थापित हुनु पर्ने बताउनुभएको छ ।
सक्षम बालिका : समृद्ध मधेश मुलनाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।
आगामी जेठ २ देखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल लिएको छ ।
सर्वोच्च अदालतले रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । सह–रजिष्ट्रार अच्युत कुइकेलले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्साललाई बोधार्थ पठाउँदै रेशमलाई तत्काल रिहा गर्न बुधबार पत्र लेख्नुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।
इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ ।
आर्सनलको घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पिएसजी १–० गोलले विजयी भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गर्नु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।
जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ ।
विराटनगरमा जारी एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ ।
जिल्ला अस्पताल हुम्लाका चिकित्सकहरूले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
ताप्लेजुङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको सिदिङ्मा धाममा पर्यटक बढ्न थालेका छन् ।