पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । बैठकले बजार आपूर्ति व्यवस्थापन एवं ग्यासलगायतका वस्तुको नियमन गर्दा कालोबजारी गरेको, लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित निकायले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरिएको हो ।
झापामा यात्रु बोकेको स्कारपियो गाडीका चालक सवारी चलाउँदै गर्दा अचानक बेहोस भई मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५, सितापुरी चोकमा प्र.१–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक ४५ वर्षीय योगेश धिमाल अचानक बेहोस हुनुभएको थियो।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पहिलो पटक गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
सोमबार महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ । महाकालीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६, पन्तोलीका १६ वर्षीय धीरजसिंह धामी बिहीबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
पाँचथरबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङको राजनीतिक यात्रा लामो समयदेखि सङ्गठन निर्माण, शिक्षा र सामाजिक क्षेत्रको सक्रियतासँग जोडिएको छ
‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ ।
काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।
कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ । गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बिहीबार सम्पन्न २०औँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक प्रस्ताव र निर्देशिका पारित गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।
ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएएको छ ।